सडक विस्तारमा सेनासँग विवाद नभएको सांसद पाण्डेको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
१३८ पटक हेरिएको
Shares
सडक विस्तारमा सेनासँग विवाद नभएको सांसद पाण्डेको दाबी

सारांश

  • ३ का प्रतिनिधिसभा सदस्य राजु नाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनासँग विवाद भएको भन्ने विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्रीप्रति ध्यानाकर्षण भएको जनाउँदै वास्तविकता फरक रहेको बताएका छन्।
  • बुधबार जारी विज्ञप्तिमा उनले माकलबारी बस स्ट्यान्डदेखि देशेतर्फ जाने सडक विस्तारका क्रममा नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको पर्खाल हटाउने काम भइरहेको बेला सम्बन्धित नेपाली सेनाको टुकुडीलाई आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा सामान्य असहज अवस्था सिर्जना भएको उल्लेख गरेका छन्।
  • उनका अनुसार त्यसपछि नेपाली सेनाका प्रमुख सेनानीसँग समन्वय र छलफल गरी नेपाली सेनाकै पूर्ण सहयोग तथा सहकार्यमा सडक विस्तारको काम सम्पन्न गरिएको थियो।

काठमाडौं — काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य राजु नाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनासँग विवाद भएको भन्ने विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्रीप्रति ध्यानाकर्षण भएको जनाउँदै वास्तविकता फरक रहेको बताएका छन्।

बुधबार जारी विज्ञप्तिमा उनले माकलबारी बस स्ट्यान्डदेखि देशेतर्फ जाने सडक विस्तारका क्रममा नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको पर्खाल हटाउने काम भइरहेको बेला सम्बन्धित नेपाली सेनाको टुकुडीलाई आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा सामान्य असहज अवस्था सिर्जना भएको उल्लेख गरेका छन्।

उनका अनुसार त्यसपछि नेपाली सेनाका प्रमुख सेनानीसँग समन्वय र छलफल गरी नेपाली सेनाकै पूर्ण सहयोग तथा सहकार्यमा सडक विस्तारको काम सम्पन्न गरिएको थियो।

पाण्डेले उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको बताएका छन्।

विज्ञप्तिमार्फत उनले राष्ट्र निर्माण, विकास र जनसेवाको साझा यात्रामा नेपाली सेना लगायत सबै राज्य संयन्त्रसँग सहकार्य, आपसी सम्मान र समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाण्डेले नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सुरक्षा तथा विपद्का चुनौतीपूर्ण परिस्थितिमा अग्रपंक्तिमा रहेर योगदान दिँदै आएको संस्था भएको उल्लेख गर्दै सेनाप्रति आफ्नो पूर्ण सम्मान र विश्वास रहेको बताएका छन्।

साथै, वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, संस्थाबीच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत नगर्न उनले सबैसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?