नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ : माधव नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
२०६ पटक हेरिएको
Shares
नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ : माधव नेपाल

सारांश

  • नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनप्रति जनताको घट्दो आकर्षणको कारण खोजी गर्दै कमजोरी सच्याएर नयाँ विश्वासका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
  • २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले पार्टीले गरेका सकारात्मक कामसँगै आफ्ना कमजोरीहरूको पनि समीक्षा गर्नुपर्नेमा जोड दिए ।
  • उनले भने, ‘हामीले गरेका राम्रा काम के छन्, त्यसको पनि समीक्षा गरौं ।

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनप्रति जनताको घट्दो आकर्षणको कारण खोजी गर्दै कमजोरी सच्याएर नयाँ विश्वासका साथ अघि बढ्नुपर्ने बताएका छन् । २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले पार्टीले गरेका सकारात्मक कामसँगै आफ्ना कमजोरीहरूको पनि समीक्षा गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीले गरेका राम्रा काम के छन्, त्यसको पनि समीक्षा गरौं । हामीबाट भएका कमजोरीहरू के छन्, त्यसको पनि खोजी गरौं । कमजोरीका कारण कतै जनतामा निराशा बढेको छ, कम्युनिष्ट पार्टीप्रतिको आकर्षण घटेको छ । यसको खोजी गर्ने काम गरौं । त्रुटि सच्याउने साहस गरौं। धुलो टकटक्याएर फेरि उठौं । हामी सबै चुनौतीको सामना गर्न सक्छौं भन्ने नयाँ विश्वासका साथ अगाडि बढौं ।’ नेपालले कम्युनिष्ट पार्टी व्यक्तिपूजाभन्दा नीति, विचार र सिद्धान्तमा आधारित हुनुपर्ने धारणा पनि राखे । उनले नेताहरूको चाकडी र जयजयकार गर्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्दै पार्टीभित्र नीतिगत बहस र वैचारिक प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘हाम्रो कम्युनिष्ट पार्टी नीति प्रदान गर्ने पार्टी हो, विचार प्रदान गर्ने पार्टी हो। नेताहरूको चाकडी गर्ने काम कसैले नगर्नुस्, जयजयकार पनि नगर्नुस् । यो सबै पार्टीमा लागू हुन्छ । व्यक्तिभन्दा नीतिमा जोड दिनुस्, पार्टीको विचार र सिद्धान्तमा जोड दिनुस् । नेपालको राजनीतिमा जनताको विश्वास जोगाउने काममा हामीले अग्रसर हुनैपर्छ। यस सन्दर्भमा हामी सबै हातेमालो गरौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई घण्टा ढिला गरी लुम्बिनी पुगे महासचिव गुटरेस
दुई घण्टा ढिला गरी लुम्बिनी पुगे महासचिव गुटरेस
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ
प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो
प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार
पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते
इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको
इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको
कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
सेयर बजारमा भारी गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो
सेयर बजारमा भारी गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो