वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डु*बेर दुई बालिकाको मृ*त्यु 

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
८० पटक हेरिएको
Shares
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डु*बेर दुई बालिकाको मृ*त्यु 

सारांश

  • पर्साको वीरगन्ज महानगरपालिकामा विकास निर्माणका क्रममा गरिएको लापरबाहीका कारण दुई बालिकाले ज्यान गुमाउनुपरेको छ ।
  • वीरगन्ज महानगरपालिका–२६ सुगौलीको चक्रदहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना दिदीबहिनीको मृत्यु भएको हो ।
  • मृत्यु हुनेहरूमा स्थानीय प्रभु ठाकुरका ५ वर्षीया छोरी पुच्की ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुर रहेका छन् ।

वीरगन्ज  ।

पर्साको वीरगन्ज महानगरपालिकामा विकास निर्माणका क्रममा गरिएको लापरबाहीका कारण दुई बालिकाले ज्यान गुमाउनुपरेको छ । वीरगन्ज महानगरपालिका–२६ सुगौलीको चक्रदहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना दिदीबहिनीको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा स्थानीय प्रभु ठाकुरका ५ वर्षीया छोरी पुच्की ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुर रहेका छन् । सोमबारदेखि हराइरहेका उनीहरूको शव मंगलबार बिहान सोही खाल्डोमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

स्थानीयका अनुसार, सोमबार दिउँसो दुवै बालिका आफ्ना हजुरबुवा किशोरी ठाकुरसँग चक्रदहस्थित खेतमा गएका थिए । हजुरबुवा खेतको काममा व्यस्त रहँदा बालिकाहरू नजिकै खेलिरहेका थिए। केही समयपछि हजुरबुवा उनीहरूलाई खेतमै छाडेर केही बेरका लागि घर फर्किएका थिए । तर, घरबाट पुनः खेतमा फर्किंदा दुवै बालिका त्यहाँ थिएनन्। हजुरबुवा र परिवारका अन्य सदस्यहरूले तत्कालै गाउँ, छिमेक, आफन्त र सम्भावित सबै ठाउँमा खोजी गरे पनि बालिकाहरूको कुनै अत्तोपत्तो लाग्न सकेन । खोजतलास गर्दा पनि छोरीहरू नभेटिएपछि परिवारमा रुवाबासी चल्यो। सोमबार राति ढिलोसम्म खोज्दा पनि फेला नपरेपछि बालिकाकी आमा अन्तिमा देवीले राति इलाका प्रहरी कार्यालय सुगौली बिर्तामा आफ्ना नाबालक छोरीहरू हराएको लिखित÷मौखिक जानकारी गराएकी थिइन् ।

आमाको उजुरी लगत्तै प्रहरी नायब निरीक्षक जागेश्वर महतोको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरी रातभर खोजी कार्य जारी राखिएको थियो । यसै क्रममा, मंगलबार बिहान उनीहरू हराएको खेतभन्दा करिब ५ सय मिटर पूर्वतर्फ रहेको निर्माणाधीन पुलको खाल्डोमा दुवै बालिकाको शव फेला परेको हो। वर्षा र निर्माण कार्यका कारण उक्त खाल्डोमा ठूलो परिमाणमा पानी जमेको थियो, जहाँ सन्तुलन गुमाएर खस्दा बालिकाहरूको डुबेर मृत्यु भएको अनुमान गरिएको छ । घटनाको जानकारी पाएलगत्तै पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको छ । डिएसपी मल्लका अनुसार घटनाको प्रकृतिको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी दुवै बालिकाको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको स्पष्ट कारण खुल्ने र सोही आधारमा अनुसन्धान अघि बढ्ने प्रहरीको भनाइ छ । दुई बालिकाको निधनले यतिबेला सुगौली गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँ बस दुर्घटनाका घाइते भेट्न आज भारतीय मन्त्री आउँदै
तनहुँ बस दुर्घटनाका घाइते भेट्न आज भारतीय मन्त्री आउँदै
ग्यासको अभाव झेल्दै सहर, मधेशका गाउँमा गोइँठाकै भर
ग्यासको अभाव झेल्दै सहर, मधेशका गाउँमा गोइँठाकै भर
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै
महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
रिगल ढकालको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला
रिगल ढकालको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला
पोखरामा मृ*त फेला परेकी युवती दोलखाकी भएको पुष्टि
पोखरामा मृ*त फेला परेकी युवती दोलखाकी भएको पुष्टि
धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा पनि आगजनी
धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा पनि आगजनी
दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता
दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता