सुनसरी घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
५१४ पटक हेरिएको
Shares
सुनसरी घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि त्यसको विरोधमा सिरहामा पनि प्रदर्शन गरिएको छ ।
  • साथै, केहीबेर पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका छन् ।
  • सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर केहीबेर प्रदर्शन गरिएको हो ।

११ साउन, सिरहा ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि त्यसको विरोधमा सिरहामा पनि प्रदर्शन गरिएको छ । साथै, केहीबेर पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका छन् । सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर केहीबेर प्रदर्शन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार सुनसरी घटनाको विरोधमा केही स्थानीयले केहिबेर राजमार्ग अवरुद्ध गरेका थिए । प्रहरीको सम्झाइ–बुझाइपछि सडक पुन: सञ्चालनमा आएको उनले बताए । एसपी पाठकले प्रदर्शनपछि अहिले भने अवस्था सामान्य रहेको बताए । यसअघि सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ । घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपाको महासचिवमा यादव मनोनीत
लोसपाको महासचिवमा यादव मनोनीत
घाँस काट्न गएकी एक महिलाको मृ*त्यु
घाँस काट्न गएकी एक महिलाको मृ*त्यु
३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन
३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन
नवराज विक हत्या प्रकरण: २३ जनालाई जन्मकैद
नवराज विक हत्या प्रकरण: २३ जनालाई जन्मकैद
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने
कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने
राजर्षिजनक विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन प्रधानमन्त्री आज जनकपुर जाँदै
राजर्षिजनक विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन प्रधानमन्त्री आज जनकपुर जाँदै
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज
जनकपुरमा हर्षोल्लासका साथ रामनवमी महोत्सव मनाइँदै
जनकपुरमा हर्षोल्लासका साथ रामनवमी महोत्सव मनाइँदै
संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन आवश्यक छः वनमन्त्री शाही
संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन आवश्यक छः वनमन्त्री शाही