सुनसरी घटनाबारे गृहमन्त्री र सुरक्षा प्रमुखहरूबीच सिंहदरबारमा छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
८ पटक हेरिएको
Shares
सुनसरी घटनाबारे गृहमन्त्री र सुरक्षा प्रमुखहरूबीच सिंहदरबारमा छलफल

सारांश

  • सुनसरीमा सुरक्षाकर्मीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखसँग छलफल थालेका छन् ।
  •  गृहमन्त्री गुरुङले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेलसँग छलफल थालेका हुन् ।
  •  छलफलमा गृहमन्त्री, गृहसचिव राजकुमार श्रेष्ठ, आईजीपीलगायतका अधिकारीहरूको उपस्थिति छ ।

११ साउन, काठमाडौं ।

सुनसरीमा सुरक्षाकर्मीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखसँग छलफल थालेका छन् । गृहमन्त्री गुरुङले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेलसँग छलफल थालेका हुन् । छलफलमा गृहमन्त्री, गृहसचिव राजकुमार श्रेष्ठ, आईजीपीलगायतका अधिकारीहरूको उपस्थिति छ । अहिले सिंहदरबारमा छलफल चलिरहेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । सुरक्षाकर्मीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ ।

कप्तानगन्जमा गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको हो । प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गर्नु परेको प्रहरीको भनाइ छ । हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको दाबी प्रहरीको छ । झडपमा घाइते भएका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अधिकांशलाई गोली लागेको छ । झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?