नागढुङ्गा सुरुङमार्ग शिलान्यासको शिलालेख पुनर्स्थापना गर्छौं – मन्त्री लम्साल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
१२८ पटक हेरिएको
Shares
नागढुङ्गा सुरुङमार्ग शिलान्यासको शिलालेख पुनर्स्थापना गर्छौं – मन्त्री लम्साल

सारांश

  • पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनर्स्थापना गर्ने बताएका छन् ।
  •  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिक ४ गते सुरुङमार्ग शिलान्यास गरेका थिए ।
  • ओलीको नाम अंकित शिलालेख तोडफोड गरी गायब बनाइएको भन्दै कतिपयले विरोध गर्दै आएका छन् ।

११ साउन, काठमाडौं ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनर्स्थापना गर्ने बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिक ४ गते सुरुङमार्ग शिलान्यास गरेका थिए । ओलीको नाम अंकित शिलालेख तोडफोड गरी गायब बनाइएको भन्दै कतिपयले विरोध गर्दै आएका छन् । आज सुरुङमार्ग उदघाटनको क्रममा पूर्वाधार विकास मन्त्री लम्सालले भने हराएको शिलालेख खोजेर पुनर्स्थापना गर्ने बताए । नागढुङ्गा सुरुङमार्गको सम्भाव्यता अध्ययन २०६६/६७ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र डा. बाबुराम भट्टराईको पालामा भएको थियो । सुरुङमार्गको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए । गरेका थिए ।

मुख्य सुरुङको ब्रेकथ्रु भने अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । अहिले बालेन प्रधानमन्त्री भएका बेला सुरुङमार्ग औपचारिक उदघाटन गरिएको छ । पूर्वाधार विकास मन्त्री लम्सालले अब देशैभर यस्ता सुरुङमार्गहरु बन्ने बताए । ‘अब देशैभरी यस्ता टनेल बन्छन्, यो टनेलले धेरै कुरा सिकायो, हामी टनेल युगमा प्रवेश गरेका छौं,’ उदघाटनपछि मिडियासङ्ग कुरा गर्दै मन्त्री लम्सालले भने । जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋणमा नेपालको पहिलो अत्याधुनिक सडक सुरुङ मार्ग निर्माण गरिएको हो । मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर छ भने सहायक सुरुङमार्ग २.५५७ किलोमिटर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने
आज साउने संक्रान्ति, शिवालयमा घुइँचो
आज साउने संक्रान्ति, शिवालयमा घुइँचो
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री
सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री
प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै
प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै
वृद्ध हत्याको आरोपमा काठमाडौंबाट १ जना पक्राउ
वृद्ध हत्याको आरोपमा काठमाडौंबाट १ जना पक्राउ
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक
सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्‍यो
सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्‍यो
फागुन २१ मा हुने निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
फागुन २१ मा हुने निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत