लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा बुझाए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
५७ पटक हेरिएको
Shares
लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा बुझाए राजीनामा

सारांश

  • लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् ।
  • सरकारमा सामेल भएका पाँचै जना मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका छन् ।
  • सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दल नेता चौधरीलाई राजीनामा पठाएको पुष्टि गरे ।

१० साउन, बुटवल ।

लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाँचै जना मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका छन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दल नेता चौधरीलाई राजीनामा पठाएको पुष्टि गरे । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि आइतबार कांग्रेसबाट प्रदेश सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी थिए । अब कांग्रेस संसदीय दलले नै मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ । मुख्यमन्त्री आचार्य नेकपा एमालेबाट प्रतिनिधित्व गर्छन् । यसअघि लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेबीचको सहकार्यमा सरकार थियो । तर, एमाले–नेकपा सहकार्यको सहमतिपछि कांग्रेस प्रतिपक्षमा पुग्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी
दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
घट्यो सुनको मुल्य, आज कतिमा हुदैछ कारोबार ?
घट्यो सुनको मुल्य, आज कतिमा हुदैछ कारोबार ?
लम्जुङमा प्रचण्डको मोर्निङ वक: सहिद परिवार भेट र विद्यालय अवलोकन
लम्जुङमा प्रचण्डको मोर्निङ वक: सहिद परिवार भेट र विद्यालय अवलोकन
श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या
श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या
मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
विपन्नलाई पढाउन तीन विद्यालयमा अक्षयकोष स्थापना
विपन्नलाई पढाउन तीन विद्यालयमा अक्षयकोष स्थापना