सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा बुझाए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
२२६ पटक हेरिएको
Shares
लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा बुझाए राजीनामा

सारांश

  • लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् ।
  • सरकारमा सामेल भएका पाँचै जना मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका छन् ।
  • सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दल नेता चौधरीलाई राजीनामा पठाएको पुष्टि गरे ।

 

१० साउन, बुटवल ।

लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाँचै जना मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका छन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दल नेता चौधरीलाई राजीनामा पठाएको पुष्टि गरे । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि आइतबार कांग्रेसबाट प्रदेश सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी थिए । अब कांग्रेस संसदीय दलले नै मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ । मुख्यमन्त्री आचार्य नेकपा एमालेबाट प्रतिनिधित्व गर्छन् । यसअघि लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेबीचको सहकार्यमा सरकार थियो । तर, एमाले–नेकपा सहकार्यको सहमतिपछि कांग्रेस प्रतिपक्षमा पुग्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन
गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन
गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?
गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?
छत्तीसगढको मुठभेडमा १२ नक्सलवादी र दुई जवानको मृत्यु
छत्तीसगढको मुठभेडमा १२ नक्सलवादी र दुई जवानको मृत्यु
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
नेपाली महिला क्रिकेट टोलीले आज मलेसियासँग खेल्दै
नेपाली महिला क्रिकेट टोलीले आज मलेसियासँग खेल्दै
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
सञ्चारमन्त्री खरेलले गरे १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक
सञ्चारमन्त्री खरेलले गरे १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक
४२ दिनका लागि आज २५ अर्ब तान्दै राष्ट्र बैंक
४२ दिनका लागि आज २५ अर्ब तान्दै राष्ट्र बैंक
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु