डा. केसीलाई धर्मशाला छाड्न कृष्ण मन्दिर व्यवस्थापन समितिको पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ८, २०८३
|
|
३०९ पटक हेरिएको
Shares
डा. केसीलाई धर्मशाला छाड्न कृष्ण मन्दिर व्यवस्थापन समितिको पत्र

सारांश

  • धनगढीको कृष्ण मन्दिर व्यवस्थापन समितिले बिहीबारदेखि सत्याग्रह थालेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ ।
  •  धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले केसीलाई शुक्रबार बिहान पत्र काट्दै अनसनरत केसीलाई छाड्न अनुरोध गरेको हो ।
  •  अध्यक्ष पन्तले केसीलाई धर्मशाला छाड्न पत्र दिइएको कुरा पुष्टि गरेका छन् ।

८ साउन, धनगढी ।

धनगढीको कृष्ण मन्दिर व्यवस्थापन समितिले बिहीबारदेखि सत्याग्रह थालेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ । धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले केसीलाई शुक्रबार बिहान पत्र काट्दै अनसनरत केसीलाई छाड्न अनुरोध गरेको हो । अध्यक्ष पन्तले केसीलाई धर्मशाला छाड्न पत्र दिइएको कुरा पुष्टि गरेका छन् । ‘उहाँ बास बस्छु भनेर आउनुभएको थियो तर कुनै जानकारी बिना अनसन नै बस्नुभयो,’ पन्तले भने, ‘धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाब आउन थाल्यो । त्यसैले उहाँलाई धर्मशाला छाड्नुहोस् भनेका हौं ।’

दबाब कसले दियो भन्ने कुरा भने पन्तले खुलाएन । बिहीबार बिहान अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले पन्तलाई डाक्टर केसीलाई धर्मशालामा अनसन बस्न नदिन अनुरोध गरेका थिए ।  व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र नै थमाएपछि डाक्टर गोविन्द केसी विकल्पबारे छलफल गरिररहेको उनका सहयोगी डा. अमृत जैशीले बताए । जैसीले डाक्टर केसी पूर्व जानकारी दिएरै धर्मशालामा अनसन बसेको तर अहिले व्यवस्थापन समितिले के–कति कारण ठाउँ छाड्न भन्यो भन्ने कुरा थाहा नभएको बताए । डाक्टर केसी विभिन्न पाँच बुँदे माग राख्दै बिहीबारदेखि अनिश्चितकालीन सत्याग्रहमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुन्दम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला
मुन्दम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला
रसुवा विपद्पछि सरकारले के–के गर्‍यो ? यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ
रसुवा विपद्पछि सरकारले के–के गर्‍यो ? यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने
राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने
शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द
शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृ*त्यु, एक गम्भीर
सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृ*त्यु, एक गम्भीर
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
वर्षाका कारण रोकियो नेपाल र बहराइनबीचको खेल
वर्षाका कारण रोकियो नेपाल र बहराइनबीचको खेल