अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ८, २०८३
|
|
१६४ पटक हेरिएको
Shares
अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

सारांश

  • देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।
  • बाढी र पहिरोका कारण यातायात सेवा प्रभावित भएपछि सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेको छ।
  • प्रहरीले दिएको जानकारी अनुसार लगातारको वर्षाका कारण काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

८ साउन,  काठमाडौं ।

देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण यातायात सेवा प्रभावित भएपछि सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेको छ।प्रहरीले दिएको जानकारी अनुसार लगातारको वर्षाका कारण काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

सम्भावित बाढीलाई मध्यनजर गर्दै यस खण्डमा राति ६ बजेदेखि बिहान ०४ बजेसम्म सवारी आवतजावत निषेध गरिएको छ भने दिउँसोको समयमा खुला रहनेछ। त्यसैगरी, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै किसिमका सवारी साधन चलाउन रोक लगाइएको छ। इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाले बाटो हिलो भई सवारी आवतजावत ठप्प भएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ भने त्यहाँ वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारीको इकु पहिरोमा सडक माथिबाट लेदो, माटो र पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।

यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा सडकमाथिबाट ढुङ्गा र माटोसहितको पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा तामाकोशी खोलाको कटानले लामासाघु–रामेछाप राजमार्ग अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको परिसरबाट वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलावाङमा सुख्खा पहिरो खस्दा घोराही–थवाङ शहीद राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। मुगुको छायानाथ रारा नगरपालिका–७ पिना खोलामा पहिरो र ढुंगा खस्दा नाग्म–गमगडी सडक खण्ड बन्द भएको छ भने रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ कुलुङमा पहिरो खस्दा पासाङ ल्हामु सडक अवरुद्ध भएको छ। यसैगरी, लमजुङको मस्र्याङदी गाउँपालिका–४ म्याग्दे भिरमा पहिरो झरेका कारण बेसीशहर–च्यामे मनाङ सडक खण्ड पनि पूर्ण रूपमा बन्द रहेको छ। सडक विभाग तथा सुरक्षा निकायले अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको जनाएका छन्। यात्रा गर्नुअघि सम्बन्धित क्षेत्रको सडकको अवस्था बुझ्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा
ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी थप ७ दिन हिरासत रहने
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी थप ७ दिन हिरासत रहने
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै
बागमतीमा दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्याेल
बागमतीमा दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्याेल
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा
नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन
नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन
नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध
नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध
आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै
आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै