सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
१४८ पटक हेरिएको
Shares
सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति

सारांश

  • नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरुले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
  •   प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि उनीहरुलाई बोलाएका थिए ।
  • छलफलका क्रममा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरुलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको महासंघका प्रतिनिधिहरुले बताएका हुन् ।

 

 

काठमाडौं ।

नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरुले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।  प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि उनीहरुलाई बोलाएका थिए । छलफलका क्रममा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरुलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको महासंघका प्रतिनिधिहरुले बताएका हुन् ।

त्यस क्रममा प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताए ।  यस्तै, निजी सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने पदाधिकारीहरुको मागमा पनि प्रधानमन्त्री शाह सकारात्मक भएका छन् ।  अहिलेसम्म महासंघले मंसिर २८ मा आफ्नै ढंगले हस्तकला दिवस मनाइरहेको अवस्थामा अब राष्ट्रिय स्तरमा मनाउनुपर्ने महासंघका पदाधिकारीले माग गरेका छन् । प्रधानमन्त्री शाहले पनि उक्त दिवस मनाउने विषयमा तत्कालै गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टिमलाई निर्देशन दिए । \ यस्तै, हस्तकला सामग्री निर्यात अहिलेसम्म स्वघोषणामा भइरहेकोमा त्यसको साटो बिजक मूल्यांकन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझाव अनुसार काम गरिने पनि प्रधानमन्त्री शाहले आश्वस्त पारे । हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको पाँच प्रतिशत रकम तीन वर्षयता रोकिएकोमा प्रधानमन्त्री शाहले त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि आश्वासन दिएका छन् ।

हस्तकलाको वस्तु उत्पादन र विकासका लागि उद्योग विभागमा सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण भइसके पनि त्यहाँ अरु नै कार्यालय (कम्पनी रजिस्ट्रार) रहेकोमा त्यो आफूहरुलाई फिर्ता हुनुपर्ने माग पदाधिकारीले राखेका थिए । र त्यसैअनुसार काम गर्ने प्रधानमन्त्री शाहले आश्वासन दिए ।  यस्तै, उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र सातै प्रदेशमा हस्तकला सम्बन्धी सीप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाएका छन् । यसबाहेक निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माण गर्न दुई पक्षबीच सम्झौताका लागि प्रधानमन्त्री शाह सकारात्मक रहेको बताए । परम्परागत सीप कलालाई जगेर्ना गर्ने र हस्तकलाकर्मीलाई परिचयपत्र दिनुपर्नेलगायत पदाधिकारीले विभिन्न माग राखेका छन् ।  छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोवितालाई बधाई दिँदै रेनुले भनिन्– कामबाट मन जितेँ, मत जित्न सकिनँ
सोवितालाई बधाई दिँदै रेनुले भनिन्– कामबाट मन जितेँ, मत जित्न सकिनँ
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
नर्सको तलब सरकारीसरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
नर्सको तलब सरकारीसरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
चार करोड ठगी आरोपमा एकै परिवारका ३ जना पक्राउ
चार करोड ठगी आरोपमा एकै परिवारका ३ जना पक्राउ
म्यादी प्रहरीलाई अब ‘निर्वाचन प्रहरी’ भनिने
म्यादी प्रहरीलाई अब ‘निर्वाचन प्रहरी’ भनिने
राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय
राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
अख्तियारमा एक वर्षमा २१ हजार उजुरी
अख्तियारमा एक वर्षमा २१ हजार उजुरी