वर्तमान सरकार तानाशाही बन्यो – ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १, २०८३
|
|
१११ पटक हेरिएको
Shares
वर्तमान सरकार तानाशाही बन्यो – ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढेको आरोप लगाएका छन् ।
  • पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
  •  उनले केही दिनअघि जेनजी अभियन्ता माजिद अन्सारीमाथि कीर्तिपुरमा भएको प्रहरी आक्रमणबारे भन्दै अत्यारको पराकाष्ट भएको बताए ।

१ साउन, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले केही दिनअघि जेनजी अभियन्ता माजिद अन्सारीमाथि कीर्तिपुरमा भएको प्रहरी आक्रमणबारे भन्दै अत्यारको पराकाष्ट भएको बताए । ‘एकजना अभियन्ता कुनै ठाउँको अवलोकन गर्न गए, त्यहाँ अवलोकन गर्न गए बापत प्रहरी अत्याचारको पराकाष्ट भएको छ । लछारपछार गर्ने प्रकारका क्रियाकलाप भए,’ ओलीले भने, ‘त्यस्तो हुन हुँदैन भनेर विराटनगरमा प्रदर्शन गरे । शान्तिपूर्ण ढंगले विरोध जनाउन पनि नपाउने । यस्तो तानाशाशी भन्दा बढी तनाशाही फासिजमको तरिकामा अहिलेको सरकार छ ।’

साथै, उनले मिडियाका गेट अगाडि पार्किङ गरिएको घटनाबारे बोल्दै सरकारबाटै उक्त कार्य गराइएको आरोप लगाए । ‘अर्काको घरको अगाडि, कार्यालय अगाडि, सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्छ । ती गाडी सकुशल फकाइन्छन्, कुनै कारबाही हुँदैन । किनभने निर्देशित ढंगबाट ती काम सरकारले लगाएको छ, अनि कसरी कारबाही हुन्छ ?,’ ओलीले भने । यसले जनताको सहिष्णुतामाथि खेलवाड र अपमान भएको बताए । ‘जनताको सहिष्णुतामाथिको यत्रो खेलवाड, अपमान ? गेटमा गाडी तेर्स्याएको कसले सहन्छ, सहनुपरेको छ । हुन नहुने कुरा पनि सहनुपरेको छ । फासिजम भनेको यही हो,’ ओलीले भने, ‘यस्तो पनि हुन्छ सरकार ? यस्तो पनि हुन्छ राज्य ? यस्तो पनि हुन्छ समाज ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट सङ्घको अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने
क्रिकेट सङ्घको अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने
बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति
बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, चालक गम्भीर
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, चालक गम्भीर
खेलाडीहरु अब खेल खेलेरै बाँच्नसक्ने स्थिति निर्माण भएको छः प्रधानमन्त्री ओली
खेलाडीहरु अब खेल खेलेरै बाँच्नसक्ने स्थिति निर्माण भएको छः प्रधानमन्त्री ओली
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
कञ्चनपुरका आरक्ष पीडितको माग गूरा गर्ने रवि लामिछानेको प्रतिबद्धता
कञ्चनपुरका आरक्ष पीडितको माग गूरा गर्ने रवि लामिछानेको प्रतिबद्धता
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
स्याङ्जामा विभिन्न मुद्दाका आठ फरार कसुरदार पक्राउ
स्याङ्जामा विभिन्न मुद्दाका आठ फरार कसुरदार पक्राउ
रास्वपाको मुस्ताङ जिल्ला समिति गठन
रास्वपाको मुस्ताङ जिल्ला समिति गठन
पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा जाँदै
पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा जाँदै