कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ३२, २०८३
|
|
६३१ पटक हेरिएको
Shares
कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी

सारांश

  • नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।
  • कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षमाथि आक्रमणको आरोप थियो ।
  • कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको सामुहिक आक्रमणमा उनी जोडिएपनि कारबाही नभएको भन्दै चौतर्फी दबाब बढेको बेला कपिलवस्तु प्रहरीले मुद्दा दर्ता गरेर कानुनी प्रकृया अघि बढाएको हो ।

रूपन्देही ।

नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ । कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षमाथि आक्रमणको आरोप थियो । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको सामुहिक आक्रमणमा उनी जोडिएपनि कारबाही नभएको भन्दै चौतर्फी दबाब बढेको बेला कपिलवस्तु प्रहरीले मुद्दा दर्ता गरेर कानुनी प्रकृया अघि बढाएको हो ।

कपिलवस्तु प्रहरीका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले शाहविरूद्व मुद्दा दर्ता भएर कानुनी प्रकृया अघि बढेको नेपाल प्रेसलाई बताए । कुटपिटको घटनामा उहाँविरूद्व मुद्दा दर्ता भएर कानुनी प्रकृया अघि बढेको छू उनले भने । यसअघि आक्रमणमा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले उल्टै आलटाल गरेको र आफूलाई न्याय पाउनबाट वञ्चित गराउन खोजिएको भन्दै पीडित पक्षले गम्भीर गुनासो गरेका छन् । पीडित अध्यक्ष शर्माका अनुसार, घटनापछि प्रहरीले अनुसन्धानमा सक्रियता देखाउनुको साटो जाहेरी दर्ता गर्न आलटाल गरेको बताएका थिए । उनले दुई दिनअघि गर मुद्दा शाखामा जाहेरी पत्र बुझाएपनि ढिलाइ भएको गुनासो पत्रकारसमक्ष गुनासो गरेका थिए ।

आक्रमणमा संघीय सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर (नगरप्रमुख) रजतप्रताप शाहसहित १५–२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरेर अन्धाधुन्ध कुटपिट गरेको पीडित शर्माको दाबी छ । उनले आफूले लामो समयदेखि क्षेत्रमा मौलाएको बेथिति, अनियमितता र आपराधिक गतिविधिहरुका विरुद्ध सशक्त आवाज उठाउँदै आएकाले प्रतिशोध साँध्न सांसदकै आडमा नियोजित रुपमा आक्रमण गरिएको बताएका छन् । उता सांसद शाहले भने आफ्नो क्षेत्रमा भएको घटना छुट्टाउन मात्र गएको जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो
विवादका बीच कांग्रेसको विशेष महाधिवेशन आह्वान हुँदै
विवादका बीच कांग्रेसको विशेष महाधिवेशन आह्वान हुँदै
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पेट्रोल र डिजेलको मूल्य बढ्यो
अमेरिकाको लस एन्जलसमा कर्फ्युपछि स्थिति सामान्य
अमेरिकाको लस एन्जलसमा कर्फ्युपछि स्थिति सामान्य
आफ्नै विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
आफ्नै विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन्: हरि ढकाल
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन्: हरि ढकाल
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
बैंकिङ तरलता थुप्रिएपछि फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ तरलता थुप्रिएपछि फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक
सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव
सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...