बाढीले मकवानपुरमा खाली ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २९, २०८३
|
|
१२३ पटक हेरिएको
Shares
बाढीले मकवानपुरमा खाली ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए

सारांश

  • मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगाएको छ ।
  • प्रहरीका अनुसार सोमबार बिहान करिब ७ः४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिक खोला तर्ने क्रममा बनाइएको कल्भर्टमा पानीको बहाव बढेपछि सिमेन्ट फ्याक्ट्रीबाट ढुङ्गा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको हो ।
  • ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ बस्ने ३४ वर्षीय दीपक थिङसमेत ट्रकसँगै बगेका थिए ।

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ७ः४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिक खोला तर्ने क्रममा बनाइएको कल्भर्टमा पानीको बहाव बढेपछि सिमेन्ट फ्याक्ट्रीबाट ढुङ्गा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको हो ।

ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ बस्ने ३४ वर्षीय दीपक थिङसमेत ट्रकसँगै बगेका थिए । उनले पौडिएर आफैँ बाहिर निस्कन सफल भए पनि खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक व्यवस्थापन गरेको थियो । घाइते थिङलाई उपचारका लागि हेटौँडा–चौघडास्थित राजु मेडिकलमा पठाइएको छ ।

प्रहरीका अनुसार घटनामा अन्य कुनै मानवीय क्षति भएको छैन । खोलामा रहेको ट्रक निकाल्न पहल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ
रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ
बानेश्वरमा झडपको स्थिति, प्रहरीद्वारा लाठीचार्ज
बानेश्वरमा झडपको स्थिति, प्रहरीद्वारा लाठीचार्ज
तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ
तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ
ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल
ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल
रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता
रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता
राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन : शंकर पोख्रेल
राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन : शंकर पोख्रेल
उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छ : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छ : कुलमान घिसिङ
  गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट
  गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै