मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २७, २०८३
|
|
३१२ पटक हेरिएको
Shares
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?

सारांश

  • नेपाल प्रहरीले शनिबार दिउँसो २:०० बजेसम्मको मुख्य राजमार्ग अवरोधसम्बन्धी विवरण सार्वजनिक गरेको छ।
  • विवरणअनुसार अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख सडकहरू प्रभावित भएका छन्।
  •   कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा बाढीका कारण असार १२ गतेदेखि मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु रहेको छ ।

२७ असार, काठमाडौं ।

नेपाल प्रहरीले शनिबार दिउँसो २:०० बजेसम्मको मुख्य राजमार्ग अवरोधसम्बन्धी विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख सडकहरू प्रभावित भएका छन्।  कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा बाढीका कारण असार १२ गतेदेखि मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु रहेको छ । त्यहाँ अर्को वैकल्पिक बाटोको समेत व्यवस्था छ। यसै प्रदेशको इलाम नगरपालिका ९ राजदुवालीमा अविरल वर्षाका कारण असार २३ गतेदेखि मेची राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ।

बागमती प्रदेशतर्फ सम्भावित बाढीलाई ध्यानमा राख्दै काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरूलाई असार २२ गतेदेखि बीपी राजमार्गमा सञ्चालन गर्न रोक लगाइएको छ। मकवानपुरको बकैया गाउँपालिका ११ घट्टेपाखा र भीमफेदी गाउँपालिका ८ भर्‍याङडाँडामा पहिरो गए पनि कान्तिलोकपथ अहिले पूर्ण रूपमा सुचारु भइसकेको छ। गण्डकी प्रदेशको बागलुङस्थित ढोरपाटन नगरपालिका ९ फल्लेघरमा पहिरोका कारण असार २६ गतेदेखि सालझण्डी–ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ।

लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी गाउँपालिका २ पाउदीमा असार २५ गते पहिरो खसेका कारण कालीगण्डकी करिडोर अहिले एकतर्फी मात्र सुचारु रहेको छ। कर्णाली प्रदेशअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका १ गगने खोलामा असार २७ गते पहिरो गए पनि कर्णाली राजमार्ग अहिले पूर्ण रूपमा सुचारु भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाका पूर्वसांसद ढाकाकुमार धरौटीमा रिहा
रास्वपाका पूर्वसांसद ढाकाकुमार धरौटीमा रिहा
जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल
जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका बैठक राख्ने तयारी
मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका बैठक राख्ने तयारी
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
६० किलो सुन प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान
६० किलो सुन प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान