सेयर बजारका सबै सूचक घटे, नेप्से २६०१ मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २५, २०८३
|
|
२१५ पटक हेरिएको
Shares
सेयर बजारका सबै सूचक घटे, नेप्से २६०१ मा

सारांश

  • अघिल्लो दिन ३० अंक घटेको सेयर बजार बिहीबार १९.
  • ६७ अंक घटेको छ ।
  • यो कमीसँगै नेप्से परिसूचक २६०१ अंकमा कायम भएको छ ।

२५ असार, काठमाडौं ।

अघिल्लो दिन ३० अंक घटेको सेयर बजार बिहीबार १९.६७ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६०१ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६१ करोडको भयो । आज दिनभरजसो बजार रातो रह्यो । ४२ कम्पनीको मूल्य बढ्दा २२९ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहगत सूचक घटेका छन् । बैंकिङ ०.५०, विकास बैंक १.११, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.७६, जलविद्युत् ०.७०, लगानी ०.९५, जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन १.१९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.६६, अन्य ०.१८ तथा व्यापार २.३६ प्रतिशत घटे ।

उपकार लघुवित्तको १२.६८ तथा स्नो रिभर्सको मूल्य ११.७६ प्रतिशत बढ्यो । जनउत्थान लघुवित्तको ३.०९ तथा त्रिशुली जलविद्युतको २.७७ प्रतिशत मूल्य बढ्यो । सालपा विकास बैंकको ८.२८, थ्रीस्टार हाइड्रोपावरको ७.९२, ओम मेगाश्री फर्मास्युटिकल्सको ५.७६ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएकामा डिबेन्चर अगाडि रहे । त्यस्तै रिलायन्स स्पिनिङ मिल्स, एसियन लाइफ इन्स्योरेन्स संस्थापक, आँखुखोला जलविद्युत्, सेन्ट्रल फाइनान्स, बेस्ट फाइनान्स धेरै रकमको कारोबार भएका कम्पनीमा अगाडि रहे ।मौद्रिक नीति सार्वजनिकपछि दोस्रो दिन बजार घटेको हो । संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण हुने विषय मौद्रिक नीतिमा उल्लेख छ । यसले केही अन्योलता बजारमा बढेको छ । हाल १८० दिनको औसत मूल्य वा वर्तमान मूल्यमध्ये जुन कम हुन्छ, त्यसकै ७० प्रतिशतसम्म सेयर कर्जा उपलब्ध हुँदै आएको छ ।अर्कोतर्फ असार मसान्तमा बैंकको किस्ता बुझाउने समय भएकाले त्यसको असर पनि शुक्रबार देखिएको छ । शुक्रबारसम्म सेयर बिक्री गरेको रकम असार मसान्तसम्म खातामा आएर बैंकको साँवा तथा ब्याज भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार
सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार
बराह सहकारीकाे पाैने ११ अर्ब हिनामिना- बराह ग्रुपमा आवद्ध दुई दर्जनबढी कम्पनीलाई मुद्दा
बराह सहकारीकाे पाैने ११ अर्ब हिनामिना- बराह ग्रुपमा आवद्ध दुई दर्जनबढी कम्पनीलाई मुद्दा
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्ने
कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्ने
नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित
नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित
नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)
नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)
रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा
रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल