प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १८, २०८३
|
|
१९२ पटक हेरिएको
Shares
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

सारांश

  • प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ ।
  • बैठक बिहीबर बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।
  •   बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

काठमाडौं ।

प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबर बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।  बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।  यसैगरी, प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियो’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची रहेको छ ।

यस्तै, अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियो’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियो’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।  यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
गृह मन्त्रालयका ३ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?
गृह मन्त्रालयका ३ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?
अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छ : सभापति देउवा
अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छ : सभापति देउवा
जनताको घरघरमा छिरेर समस्यालाई बुझेर मात्र सदन प्रवेश गर्छु : बुद्धरत्न महर्जन
जनताको घरघरमा छिरेर समस्यालाई बुझेर मात्र सदन प्रवेश गर्छु : बुद्धरत्न महर्जन
चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक
सुध्रिएन लघुवित्त समस्या, खराब कर्जा नाघ्यो ५० अर्ब
सुध्रिएन लघुवित्त समस्या, खराब कर्जा नाघ्यो ५० अर्ब
सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार
सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार