राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ १७, २०८३
|
|
१४३ पटक हेरिएको
Shares
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सारांश

  •   राष्ट्रियसभा बैठक आज बस्ने भएको छ ।
  • बैठक बुधबार अप्राह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
  •   आजको बैठमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

 

१७ असार, काठमाडौं । 

राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बुधबार अप्राह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।  आजको बैठमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

यसैगरी बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडक राज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने छन् ।  यस्तै, सदस्य रेनु चन्दले ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?