हरिपूर्वा–६ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
३२२ पटक हेरिएको
Shares
हरिपूर्वा–६ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

सारांश

  • सर्लाहीको हरिपूर्वा नगरपालिका–६ मा नवनिर्मित वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ।
  • करिब ७० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनबाट अब वडावासीलाई सेवा प्रदान गरिने भएको छ।
  • यसअघि वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो।

५ असार, सर्लाही।

सर्लाहीको हरिपूर्वा नगरपालिका–६ मा नवनिर्मित वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ। करिब ७० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनबाट अब वडावासीलाई सेवा प्रदान गरिने भएको छ। यसअघि वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो।

भवन निर्माणका लागि स्थानीय रामदरेश रायले गत वर्ष वैशाखमा १ कट्ठा जग्गा निःशुल्क दान गरेका थिए। जग्गा प्राप्त भएपछि वडा कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाइएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बिनोद कुमार साहले आफ्नै भवनबाट सेवा प्रवाह सुरु भएपछि सेवाग्राहीले थप सहज, प्रभावकारी र गुणस्तरीय सेवा प्राप्त गर्ने बताए। उनले भवन निर्माणका लागि जग्गा दान गर्ने रायको योगदानको प्रशंसा गर्दै स्थानीय विकासमा नागरिकको सहकार्य महत्वपूर्ण हुने उल्लेख गरे। कार्यक्रममा जग्गादाता रायको तर्फबाट उनका सुपुत्र कृष्ण कुमार राय लाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश
साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश
शिक्षामन्त्री भेट्न गएको महासंघको टोली भेट नगरी फर्कियो
शिक्षामन्त्री भेट्न गएको महासंघको टोली भेट नगरी फर्कियो
सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
अपराधीले घेराबन्दी गरे, गति छाडें भने हाइहाइ भइन्छ : प्रधानमन्त्री
अपराधीले घेराबन्दी गरे, गति छाडें भने हाइहाइ भइन्छ : प्रधानमन्त्री
चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ : प्रधानमन्त्री
चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ : प्रधानमन्त्री
बिहारमा रेलवे स्टेसनमा गोली चल्यो, तीन जनाको मृत्यु
बिहारमा रेलवे स्टेसनमा गोली चल्यो, तीन जनाको मृत्यु
फेरि सुनको मूल्य एक लाख ६० हजार ९ सय रुपैयाँ पुग्यो
फेरि सुनको मूल्य एक लाख ६० हजार ९ सय रुपैयाँ पुग्यो
बिहीबारदेखि कोशीमा लगानी सम्मेलन, २ दर्जन परियोजना सम्झौता हुने अपेक्षा
बिहीबारदेखि कोशीमा लगानी सम्मेलन, २ दर्जन परियोजना सम्झौता हुने अपेक्षा
हेलिकप्टर दुर्घटना : सरकारले बनायो तीन सदस्यीय छानबिन समिति
हेलिकप्टर दुर्घटना : सरकारले बनायो तीन सदस्यीय छानबिन समिति