कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
२८ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठकमा स्थगित भएको छ ।
कार्यसूची अनुसार बैठक अगाडि बढाउन सहयोग गर्न सभामुखले आग्रह गर्दा पनि नमानेपछि वैशाख २ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयपछि कांग्रेस र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment