अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो : सेफ साह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३, २०८३
|
|
२४१ पटक हेरिएको
Shares
अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो : सेफ साह

सारांश

  • बिबिसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साहले आफ्नो पक्राउ प्रकरणबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कतिपय कुराहरु भ्रमपूर्ण रहेको प्रष्ट पारेका छन् ।
  • बुधबार पत्रकार सम्मेलन गर्दै साहले विवादित ४ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौँले गरेको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी भइरहेका बेला हदम्याद बाँकी हुँदाहुँदै आफुलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।
  • एक महिना अघि पक्राउ पूर्जी आएपनि आफू भद्रकाली परिसरमा जाँदा किन पक्राउ नगरी जनकपुरबाट पक्राउ गर्ने काम भयो भन्ने उनले आशंका व्यक्त गरेका छन् ।

३ असार, काठमाडौं ।

बिबिसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साहले आफ्नो पक्राउ प्रकरणबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कतिपय कुराहरु भ्रमपूर्ण रहेको प्रष्ट पारेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै साहले विवादित ४ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौँले गरेको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी भइरहेका बेला हदम्याद बाँकी हुँदाहुँदै आफुलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

एक महिना अघि पक्राउ पूर्जी आएपनि आफू भद्रकाली परिसरमा जाँदा किन पक्राउ नगरी जनकपुरबाट पक्राउ गर्ने काम भयो भन्ने उनले आशंका व्यक्त गरेका छन् ।  उनले सिला रेष्टुरेन्टको सम्पत्ति खरिदका लागि मिथिला थाली र आर्जव होल्डिङ्सबीच २ करोड २५ लाख रुपैयाँको सम्झौता भएको भन्दै सोही क्रममा आर्जव होल्डिङ्सको तर्फबाट बाँकी रहेको ४० लाख रुपैयाँ घरभाडा र २ लाख ७७ हजार ९९७ रुपैयाँ विद्युत् महसुलसमेत मिथिला थालीले सम्बन्धित पक्षलाई भुक्तानी गरेर सहजीकरण गरेको समेत स्पष्ट पारेका छन् ।  उनले मिडियामा २ करोड २५ लाखको कुरा चर्चामा आएको कुरा झुटो रहेको भन्दै ४ लाख पचार हजारको चेकको लागि पक्राउ गरिएको जानकारी दिए ।

उनले भने,‘मिथिला थाली र आर्जव होल्डिङ्सबीच २ करोड २५ लाख रुपैयाँको सम्झौता गरेर सिला रेष्टुरेन्ट किनेको थियौं । म रारा ट्रेकिङमा गएको थिए । मेरो दाई र सहकर्मी साथिले सम्झौता गरेर १५ लाखको चेक दिएर चाबी लिनुभयो । उहाँको ४० लाख रुपैयाँ घरभाडा बाँकी थियो । त्यो मैले उहाँहरुको हिसाबमा काट्नेगरी उपलब्ध गराको थिए । उहाँलाई हामीले मलाई २ करोड २५ लाख रुपैयाँको पनि चेक दिएको थिए । अहिले मिडियामा आएको कुरा २ करोड २५ लाखको होइन । मलाई अहिले पक्राउ गरेको भनेको जम्मा ४ लाख पचार हजारको चेकको लागि भएको हो ।’  उनले पछिल्लो समय चर्चामा आएको २५ लाख रुपैयाँको विवादबारे पनि स्पष्ट पार्दै उक्त रकम एकमुष्ट बाँकी नभई आर्जव होल्डिङ्सकै विभिन्न बैंक खातामा चरणबद्ध रूपमा रकम भुक्तानी गरिएको बताए ।  उनलले नबिल बैंकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमार्फत ६ लाख रुपैयाँ तथा नेपाल बैंक लिमिटेडमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी कुल २८ लाख २५ हजार रुपैयाँ बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा
पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा
कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै
तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिंदा २ जना बेपत्ता
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिंदा २ जना बेपत्ता
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
रसुवा बाढी अपडेट : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
रसुवा बाढी अपडेट : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड
विद्युत् प्राधिकरणले लगातार तेस्रोपटक पायो ‘डबल ए प्लस’ रेटिङ
विद्युत् प्राधिकरणले लगातार तेस्रोपटक पायो ‘डबल ए प्लस’ रेटिङ