गभर्नरको हस्ताक्षरसहित ५०० को नयाँ नोट आजदेखि चलनचल्तीमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३, २०८३
|
|
२२६ पटक हेरिएको
Shares
गभर्नरको हस्ताक्षरसहित ५०० को नयाँ नोट आजदेखि चलनचल्तीमा

सारांश

  • नेपाल राष्ट्र बैंकले गभर्नर प्रा.
  • डा.
  • विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ ।

 

३ असार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ । नयाँ नोट बजारमा प्रवेशसँगै मुलुकको वित्तीय प्रणालीमा नयाँ चरणको नोट प्रचलन सुरु भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रंग पुरानै डिजाइनसँग मिल्दोजुल्दो भए पनि सुरक्षा विशेषता, सिरिज संरचना तथा पहिचान प्रणालीमा महत्वपूर्ण परिमार्जन गरिएको छ । हाल जारी गरिएको नोटहरूको संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्म रहेको छ ।

नेपाली नोट प्रणालीअनुसार प्रत्येक अक्षर समूहअन्तर्गत ०००००१ देखि ९९९९९९ सम्म करिब १० लाख थान नोट छापिने व्यवस्था रहेकाले नयाँ सिरिजअन्तर्गत करिब ३० लाख थान नोट बजारमा प्रवेश गरेको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटको प्रचलनसँगै २०७८ पुस ९ गतेदेखि चलनचल्तीमा रहेको २०२० सिरिजको ५०० रुपैयाँ दरका करिब २ लाख ४८ हजार थान नोटलाई क्रमशः प्रतिस्थापन गर्ने प्रक्रिया पनि अघि बढ्ने अपेक्षा गरिएको छ । राष्ट्र बैंकले नयाँ नोटमा राष्ट्रिय पहिचान र आधुनिक सुरक्षा प्रविधिलाई प्राथमिकता दिएको जनाएको छ । नोटको अग्रभागको बायाँतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथाको चित्र राखिएको छ भने दायाँतर्फ नेपालको राष्ट्रिय फूल लालीगुराँसको पानी छाप समावेश गरिएको छ । तल्लो भागमा २०८२ सिरिज नम्बर उल्लेख गरिएको छ ।

दृष्टिविहीन तथा कम दृष्टि भएका व्यक्तिहरूलाई सहज पहिचानका लागि पानी छापको बायाँतर्फ दुईवटा काला थोप्ला राखिएको छ, जसलाई स्पर्श गरेर नोटको मूल्य पहिचान गर्न सकिने व्यवस्था गरिएको छ । सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र समावेश गरिएको छ, जसको रंग प्रकाशको कोणअनुसार परिवर्तन हुने विशेषता छ । सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने यो सुरक्षा प्रविधिले नकली नोट नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, नोटमा ३.५ मिलिमिटर चौडाइको विशेष सुरक्षण धागो प्रयोग गरिएको छ, जसको रंग पनि प्रकाशअनुसार परिवर्तन हुने खालको रहेको छ । नोटको पछिल्लो भागमा नेपालको जैविक विविधताको प्रतीकका रूपमा पाटे बाघको चित्र राखिएको छ । माथिल्लो भागमा अंग्रजी भाषामा नेपाल राष्ट्र बैंक र तल्लो भागमा पनि अंग्रजी भाषामा नै रुपैयाँ पाँच सय लेखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नयाँ नोट केवल मुद्राको साधन मात्र नभई राष्ट्रिय पहिचान, अत्याधुनिक सुरक्षा प्रविधि र समावेशी वित्तीय पहुँचलाई सुदृढ बनाउने उद्देश्यका साथ सार्वजनिक गरिएको आधुनिक डिजाइनको उदाहरण हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट
विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट
शिक्षा मन्त्रालयले माग्यो यी विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन
शिक्षा मन्त्रालयले माग्यो यी विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन
जेनजी आन्दोलनबाट ध्वस्त कोइरालानिवास पुनर्निर्माण गरिँदै
जेनजी आन्दोलनबाट ध्वस्त कोइरालानिवास पुनर्निर्माण गरिँदै
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने
गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु
गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु
दुई प्रदेशमा आज सार्वजनिक बिदा
दुई प्रदेशमा आज सार्वजनिक बिदा
ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन
डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना हुने
डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना हुने
मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत
आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत