भौतिकमन्त्री लम्सालको धम्कीपूर्ण चेतावनीः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १, २०८३
|
|
८४ पटक हेरिएको
Shares
भौतिकमन्त्री लम्सालको धम्कीपूर्ण चेतावनीः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु

सारांश

  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ धम्कीपूर्ण चेतावनी दिएका छन् ।
  •  निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा लम्सालले ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
  •  ठेकेदारले समयमै काम नसक्दा सर्वसाधारण जनताले सास्ती पाएको उनको भनाइ छ ।

१ असार, काठमाडौँ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ धम्कीपूर्ण चेतावनी दिएका छन् । निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा लम्सालले ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ठेकेदारले समयमै काम नसक्दा सर्वसाधारण जनताले सास्ती पाएको उनको भनाइ छ ।

‘यो बिजुलीको पोलको कन्ट्र्याक्‍ट पेपर र कन्ट्र्याक्‍टर कहाँ छ ? खोजेर ल्याउनुस्’ , उनले भनेका छन्, ‘त्यसले काम गरेन भने खुट्टा भाँचिदिनु, मतलब भएन । यहाँको पब्लिकले धेरै दुःख पाए ।’ मन्त्री लम्सालले विकास आयोजनामा विद्यमान अवरोध हटाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ