अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदै मधेश सरकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १, २०८३
|
|
९५ पटक हेरिएको
Shares
अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदै मधेश सरकार

सारांश

  • मधेश सरकारले आज अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदैछ ।
  • भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात समेटेर आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि बजेट ल्याउन लागेको हो ।
  •  आज सदनमा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

१ असार, जनकपुरधाम ।

मधेश सरकारले आज अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदैछ । भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात समेटेर आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि बजेट ल्याउन लागेको हो । आज सदनमा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसको लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । मधेश सरकारले आज स्थापनाकालदेखि अहिलेसम्मकै सानो आकार अर्थात ४२ अर्बभित्रको बजेट ल्याउन लागेको हो । चालु र पुँजीगत गरी ४१ अर्बको हराहरीमा बजेट ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि गत वर्ष मधेश सरकारले चालु आर्थिक वर्ष ८२/८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो । तर, पछिल्लो समयमा करिब १२ अर्ब रुपैयाँ बजेट घाटा भएपछि सरकारले प्रत्येक विकासे योजनामा २० प्रतिशतसम्मको बजेट कटौती गरेको छ । क्षमताभन्दा ठूलो बजेट ल्याएपछि सरकार आर्थिक जोखिममा परेको थियो । ल्याउन लागेको आगामी वर्षको बजेटमा उपभोक्ता समितिलाई निस्तेज गर्न विकासे बजेट ३/४ वटा शीर्षक जोडेर भएपनि एक करोड रुपैयाँको ल्याउन लागेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
झापामा टिपरले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु
झापामा टिपरले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु
चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसक्दा कांग्रेस खुम्चियो : सह–महामन्त्री राणा
चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसक्दा कांग्रेस खुम्चियो : सह–महामन्त्री राणा
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार
राष्ट्रपति पौडेल पाँच दिनपछि अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति पौडेल पाँच दिनपछि अस्पतालबाट डिस्चार्ज
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
प्रधानमन्त्रीको चीन भ्रमणले विमानस्थल आधा घण्टा बन्द
प्रधानमन्त्रीको चीन भ्रमणले विमानस्थल आधा घण्टा बन्द
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु
सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते