अध्यागमन ऐन संशोधन विधेयकको मस्यौदा तयार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३१, २०८३
|
|
४० पटक हेरिएको
Shares
अध्यागमन ऐन संशोधन विधेयकको मस्यौदा तयार

सारांश

  • अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार भएको छ ।
  • गृह मन्त्रालयले मस्यौदा तयार पारेर यसउपर सर्वसाधारणसँग राय माग गरेको छ ।
  • गृह मन्त्रालयका अनुसार विदेशीको नेपालमा प्रवेश, उपस्थिति र नेपालबाट हुने प्रस्थानलाई नियमित तथा व्यवस्थित गर्न र नेपाली नागरिकको विदेश प्रस्थान र नेपाल आगमनलाई व्यवस्थित गर्न प्रचलित ऐनमा आवश्यक संशोधन गर्न लागिएको छ ।

३१ जेठ, काठमाडौं ।

अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार भएको छ । गृह मन्त्रालयले मस्यौदा तयार पारेर यसउपर सर्वसाधारणसँग राय माग गरेको छ । गृह मन्त्रालयका अनुसार विदेशीको नेपालमा प्रवेश, उपस्थिति र नेपालबाट हुने प्रस्थानलाई नियमित तथा व्यवस्थित गर्न र नेपाली नागरिकको विदेश प्रस्थान र नेपाल आगमनलाई व्यवस्थित गर्न प्रचलित ऐनमा आवश्यक संशोधन गर्न लागिएको छ ।

जसअनुसार कुनै विदेशीलाई नेपालमा प्रवेश वा उपस्थिति हुन दिने वा नदिने वा नेपालबाट प्रस्थान गर्न दिने वा नदिने सम्बन्धी सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित रहनेछ । कुनै विदेशी नेपालभित्र प्रवेश गर्न वा नेपालमा बस्न सम्बन्धित मुलुकको राहदानी र नेपालको भिसा लिएको हुनु पर्नेछ । नेपाल सरकारले कुनै मुलुकका नागरिकलाई नेपाल सरकार र त्यस्तो मुलुकबीच भएको सम्झौताका आधारमा नेपालभित्र प्रवेश गर्न वा बस्न दिन सक्नेछ र त्यसरी नेपालभित्र प्रवेश गर्दा वा बस्दा तोकिए बमोजिमका कागजात पेस गर्नु पर्नेछ । साथै, कुनै विदेशीलाई अध्यागमन अधिकृतले नेपालको भिसा दिन वा नेपालभित्र प्रवेश गर्न नेपालको अध्यागमन जाँच बिन्दुमा नै इन्कार गर्न पनि सक्नेछ । राहदानी, भिसा वा यात्रा सम्बन्धी कागजात शंकास्पद देखिएको वा वैध नरहेको अवस्थामा यस्तो कार्य गर्न सक्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’
‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’
विद्युत् परियोजना उद्घाटन गर्न भुटान पुगे नरेन्द्र मोदी
विद्युत् परियोजना उद्घाटन गर्न भुटान पुगे नरेन्द्र मोदी
बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने
बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने
१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै
१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै
विराटनगर रथयात्रामा पत्रकार सोनुकुमार दास बने जीवनरक्षक
विराटनगर रथयात्रामा पत्रकार सोनुकुमार दास बने जीवनरक्षक
अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट दुई भारतीय पक्राउ
अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट दुई भारतीय पक्राउ
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढ्यो