काभ्रे बस दुर्घटना : प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३०, २०८३
|
|
६२ पटक हेरिएको
Shares
काभ्रे बस दुर्घटना : प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन

सारांश

  • काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ ।
  • शुक्रबार  बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध–२ बुच्चाकोटमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका थिए ।
  • सोही घटना प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालयका पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

३० जेठ, काभ्रेपलाञ्चोक ।

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ । शुक्रबार  बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध–२ बुच्चाकोटमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका थिए । सोही घटना प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालयका पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल,  इलाका प्रहरी कार्यालय देवीटार महाभारत काभ्रेपलाञ्चोकका प्रहरी हबल्दार बासुदेव खड्का र जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटी सदस्य सचिव रहेको समिति गठन भएको हो । समितिलाई सात दिनको समय दिइएको छ । यस्तै, समितिलाई घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य/तथ्य छानबिन गरेर प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
तीनकुने घटनामा पक्राउ परेका सबैलाई मंगलबारसम्म थुन्ने अनुमति
तीनकुने घटनामा पक्राउ परेका सबैलाई मंगलबारसम्म थुन्ने अनुमति
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स भिड्दै
०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री
०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री
बसको ठक्करबाट एक पैदलयात्रीको मृ*त्यु
बसको ठक्करबाट एक पैदलयात्रीको मृ*त्यु
प्रहरीमा जागिर लगाइदिने भन्दै २.७५ लाख ठगी गर्ने महिला पक्राउ
प्रहरीमा जागिर लगाइदिने भन्दै २.७५ लाख ठगी गर्ने महिला पक्राउ