दरबार हत्याकाण्डको छानविन कुरिरहेको नारायणहिटी (तस्विरहरु)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३०, २०८३
|
|
३९ पटक हेरिएको
Shares
दरबार हत्याकाण्डको छानविन कुरिरहेको नारायणहिटी (तस्विरहरु)

सारांश

  • राजा वीरेन्द्रको वंश नाश भएको उक्त घटना आजसम्म पनि रहस्यमय बनेर बसेको छ ।
  • यसैबीच गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने घोषणा गरेका छन् ।
  • सरकारको यो घोषणासँगै हत्याकाण्डको सत्यतथ्य बाहिर आउँला त भन्ने प्रश्नहरु उठिरेहेका छन् ।

 

नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंश नाश भएको उक्त घटना आजसम्म पनि रहस्यमय बनेर बसेको छ ।

यसैबीच गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने घोषणा गरेका छन् । सरकारको यो घोषणासँगै हत्याकाण्डको सत्यतथ्य बाहिर आउँला त भन्ने प्रश्नहरु उठिरेहेका छन् । पहिला पनि तत्कालिक प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा सभामुख तारानाथ रानाभाट र विपक्षी दलका नेता माधवकुमार नेपाल समेत रहेको छानबिन समिति गठन गरिएको थियो । तर नेता नेपालले पछि छानबिन समितिबाट राजीनामा दिए । उपाध्याय र रानाभाटले एक साता लगाएर जेठ अन्तिममा तयार गरेको छानबिन प्रतिवेदनको सङ्क्षेप सार्वजनिक गरिएको थियो । तर त्यो प्रतिवेदन षड्यन्त्रमूलक बनेको भन्दै विरोध गरियो ।

हत्याकाण्ड भैइसकेपछि यो दरबारलाई नारायणहिटी संग्रहालयका रुपमा परिणत गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?