सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २९, २०८३
|
|
३६ पटक हेरिएको
Shares
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग

सारांश

  • लामो समयदेखि न्यायको ढोका ढकढकाउँदै सडक संघर्षमा होमिएका सुजन बिकको परिवारले अन्ततः सिंहदरबारभित्रै गृहमन्त्री सुधन गुरुङलाई भेटेर आफ्नो माग राखेका छन् ।
  • विगत तीन महिनादेखि आफ्नी दिवंगत श्रीमतीको न्यायका लागि काठमाडौँका सडकमा धर्ना दिँदै आएका चितवन रत्ननगर नगरपालिकाका सुजन बिकलाई गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमै बोलाएर भेट्गरेका हुन् ।
  • आफ्नो काखमा नवजात शिशु (बच्चा) च्यापेर न्यायको याचना गर्दै सुजन बिक गृहमन्त्रीको कार्यकक्षमा पुगेका थिए ।

काठमाडौं । लामो समयदेखि न्यायको ढोका ढकढकाउँदै सडक संघर्षमा होमिएका सुजन बिकको परिवारले अन्ततः सिंहदरबारभित्रै गृहमन्त्री सुधन गुरुङलाई भेटेर आफ्नो माग राखेका छन् । विगत तीन महिनादेखि आफ्नी दिवंगत श्रीमतीको न्यायका लागि काठमाडौँका सडकमा धर्ना दिँदै आएका चितवन रत्ननगर नगरपालिकाका सुजन बिकलाई गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमै बोलाएर भेट्गरेका हुन् ।

आफ्नो काखमा नवजात शिशु (बच्चा) च्यापेर न्यायको याचना गर्दै सुजन बिक गृहमन्त्रीको कार्यकक्षमा पुगेका थिए । सो क्रममा उनले श्रीमतीको अकाल मृत्यु अस्पतालको गम्भीर लापरबाहीका कारण भएको भन्दै आँसु बगाए । सुत्केरी अवस्थामा अस्पतालले उचित हेरचाह र उपचार नगर्दा गृहिणी गुमाउनुपरेको र नवजात शिशुको भविष्य संकटमा परेको भन्दै उनले सरकारसँग गुहार मागेका थिए ।

पीडित सुजन बिक र उनको  बच्चाको कारुणिक अवस्था देखेपछि गृहमन्त्री सुधन गुरुङ निकै भावुक बन्नुभएको थियो। परिवारको सम्पूर्ण पीडा र गुनासो ध्यानपूर्वक सुनिसकेपछि गृहमन्त्री गुरुङले तत्कालै एक्सन लिएका छन् ।

‘राज्य नागरिकको अभिभावक हो। अस्पतालको लापरबाहीका कारण कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद छ । यो घटनाको गहिराइमा पुगेर छानबिन गरिनेछ र दोषीलाई कडा भन्दा कडा कारबाही हुनेछ,’ गुरुङले भने ।

गृहमन्त्री गुरुङले मन्त्रालयका अधिकारीहरूलाई तत्कालै एक छानबिन समिति गठन गर्न र उक्त घटनाको सत्य तथ्य विवरण यथाशीघ्र बाहिर ल्याउन कडा निर्देशन दिए । छानबिनको प्रतिवेदनका आधारमा दोषी देखिएका जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आ*क्रमण
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आ*क्रमण
रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा
रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा
बिहारमा दोस्रो चरणको निर्वाचन आज, नेपालका नाका बन्द
बिहारमा दोस्रो चरणको निर्वाचन आज, नेपालका नाका बन्द
मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता
मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
राष्ट्रिय सभाको अधिवेशन छठपछि बोलाउने तयारी
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
अरुण नदीमा बेपत्ता २ बालिका अझै भेटिएनन्
अरुण नदीमा बेपत्ता २ बालिका अझै भेटिएनन्
लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना
लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना
ट्रम्पको चेतावनी : इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ
ट्रम्पको चेतावनी : इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ