रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २५, २०८३
|
|
५६ पटक हेरिएको
Shares
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु

सारांश

  • सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो ।
  • सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् ।

 

२५ जेठ, काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो ।

सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा जारी छ ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको थियो तर कांग्रेस, एमाले र नेकपाले पार्टी प्रमुखलाई पठाएनन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी भएका छन् ।

यता हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले बैठक नै बहिष्कार गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?