प्रतिनिधि सभा बैठक २५ गतेसम्मका लागि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १९, २०८३
|
|
२३६ पटक हेरिएको
Shares
प्रतिनिधि सभा बैठक २५ गतेसम्मका लागि स्थगित

सारांश

  • विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको वेलमा नाराबाजी नरोकपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
  • सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा दिए ।
  •  दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरेका थिए ।

१९ जेठ, काठमाडौं ।

विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको वेलमा नाराबाजी नरोकपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा दिए । दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको थियो । त्यसपछि सभामुखले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्न दिए । उनीहरूले धारणा राखे पनि ।  विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् ।

बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ । आज पनि उनीहरूले सोही अडान दोहोर्‍याए । यसैबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाउन खोजेका थिए । तर विपक्षीहरूले आफ्नो अडान छाडेनन् । त्यसपछि सभामुख अर्यालले बैठक २५ गतेसम्मका लागि स्थगित गरेका हुन् । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका कार्यसूची थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनको विरोध
कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनको विरोध
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी
सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी
एकनाले भरुवा बन्दुकसहित धनकुटामा दुई जना पक्राउ
एकनाले भरुवा बन्दुकसहित धनकुटामा दुई जना पक्राउ
पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै
पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै
अमरेशले कांग्रेसलाई सोधे– बीपीको विचार असान्दर्भिक भएपछि ढुङ्गामुढामा उत्रिएको हो ?
अमरेशले कांग्रेसलाई सोधे– बीपीको विचार असान्दर्भिक भएपछि ढुङ्गामुढामा उत्रिएको हो ?
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
धनुषामा चारतारे होटल बन्दै, डेढ अर्ब लगानी
धनुषामा चारतारे होटल बन्दै, डेढ अर्ब लगानी
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...