हर्क साम्पाङले खोजे संसद्‌मा प्रधानमन्त्री बालेनको हाजिरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १९, २०८३
|
|
२०४ पटक हेरिएको
Shares
हर्क साम्पाङले खोजे संसद्‌मा प्रधानमन्त्री बालेनको हाजिरी

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाह बालेनको हाजिरी खोजेका छन् ।
  •  प्रतिनिधिसभा नियमावलीको नियम ४ मा सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने व्यवस्था छ ।
  •  बैठकमा सदस्यको उपस्थितिसम्बन्धी जानकारी सचिवालयले विद्युतीय माध्यमबाट सार्वजनिक गर्न सक्नेछ ।

१९ जेठ, काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाह बालेनको हाजिरी खोजेका छन् । प्रतिनिधिसभा नियमावलीको नियम ४ मा सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने व्यवस्था छ । बैठकमा सदस्यको उपस्थितिसम्बन्धी जानकारी सचिवालयले विद्युतीय माध्यमबाट सार्वजनिक गर्न सक्नेछ ।नियमावलीको यही नियम स्मरण गर्दै साम्पाङले प्रधानमन्त्री बालेनको हाजिरी खोजेका हुन् ।

‘प्रधानमन्त्री ज्यू यहाँ आउँदाखेरि आजिर गर्नुभएको छ कि छैन ?’ साम्पाङले भने, ‘यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ ।’ प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा प्रधनमन्त्री पद स्वत: रद्द हुने उनको आग्रह छ । साथै, प्रधानमन्त्रीले नेपालले भारतको जमिन कहाँ कहाा मिचेको छ भनेर जानकारी दिनुपर्ने माग गरे । गल्त गरेको भए माफी माग गर्नुपर्ने आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?