सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सीआईबीले नियन्त्रणमा लियाे डीडीसी मुख्यालयका महत्त्वपूर्ण कागजात

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १३, २०८३
|
|
२६० पटक हेरिएको
Shares
सीआईबीले नियन्त्रणमा लियाे डीडीसी मुख्यालयका महत्त्वपूर्ण कागजात

सारांश

  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयबाट महत्तवपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
  • सीआईबीका एसएसपी तथा प्रवक्ता शिवकुमार श्रेष्ठले डीडीसीबाट आवश्यक कागजातहरू नियन्त्रणमा लिएर सीआईबीको टोली फर्किसकेको जानकारी दिए ।
  • ‘आवश्यक अनुसन्धानका लागि केही आवश्यक कागजात लिएका हौं,’ श्रेष्ठले  भने, ‘कागजात लिएर टोली कार्यालय फर्किसकेको छ, अनुसन्धान हुँदैछ ।

 

१३ जेठ, काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयबाट महत्तवपूर्ण कागजात नियन्त्रणमा लिएको छ । सीआईबीका एसएसपी तथा प्रवक्ता शिवकुमार श्रेष्ठले डीडीसीबाट आवश्यक कागजातहरू नियन्त्रणमा लिएर सीआईबीको टोली फर्किसकेको जानकारी दिए ।

‘आवश्यक अनुसन्धानका लागि केही आवश्यक कागजात लिएका हौं,’ श्रेष्ठले  भने, ‘कागजात लिएर टोली कार्यालय फर्किसकेको छ, अनुसन्धान हुँदैछ ।’ डीडीसीले किसानबाट दूध संकलन गरी बजारमा बेच्दै आएको छ । पछिल्लो समय संस्थानले किसानको चार महिनाको ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये १२ करोड रुपैयाँ भुक्तानी गरिएको डीडीसीको दाबी छ । केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले डीडीसीबाट उत्पादित याक चिज खाएको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका थिए । उनले डीडीसीको प्रचार गर्दै तस्वीर सेयर गरेपछि विभिन्न किसिमका टिकाटिप्पणी भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?