मधेशका नवनियुक्त शिक्षामन्त्री सिंहको प्राथमिकता : शैक्षिक गुणस्तर सुधार, साक्षरता दर वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १३, २०८३
|
|
१७६ पटक हेरिएको
Shares
मधेशका नवनियुक्त शिक्षामन्त्री सिंहको प्राथमिकता : शैक्षिक गुणस्तर सुधार, साक्षरता दर वृद्धि

सारांश

  • मधेश प्रदेश सरकारका नवनियुक्त शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले शिक्षा क्षेत्र सुधार गर्दै साक्षरता दर वृद्धि आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
  • मंगलबार पदभार ग्रहणपछि  टेलिफोनमा कुरा गर्दै मन्त्री सिंहले आफ्ना योजना र प्राथमिकताबारे जानकारी दिएका हुन् ।
  • मधेश प्रदेश शिक्षा तथा साक्षरताको क्षेत्रमा अन्य प्रदेशको तुलनामा पछाडि रहेको उल्लेख गर्दै उनले विद्यालय शिक्षा, विद्यार्थी पहुँच र शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिइने बताए ।

१३ जेठ, सिरहा ।

मधेश प्रदेश सरकारका नवनियुक्त शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले शिक्षा क्षेत्र सुधार गर्दै साक्षरता दर वृद्धि आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । मंगलबार पदभार ग्रहणपछि  टेलिफोनमा कुरा गर्दै मन्त्री सिंहले आफ्ना योजना र प्राथमिकताबारे जानकारी दिएका हुन् । मधेश प्रदेश शिक्षा तथा साक्षरताको क्षेत्रमा अन्य प्रदेशको तुलनामा पछाडि रहेको उल्लेख गर्दै उनले विद्यालय शिक्षा, विद्यार्थी पहुँच र शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिइने बताए ।

‘मधेश प्रदेशलाई शिक्षाको क्षेत्रमा माथि उठाउनु अहिलेको आवश्यकता हो । साक्षरता दर वृद्धि गर्दै गुणस्तरीय शिक्षाको पहुँच गाउँ–गाउँसम्म पुर्‍याउने गरी काम अघि बढाइने छ,’ मन्त्री सिंहले भने । २०७८ सालको जनगणना अनुसार मधेश प्रदेशमा साक्षरता दर ६३.५ प्रतिशत छ । बागमतीको सबैभन्दा धेरै ८२.१ प्रतिशत छ । मन्त्री सिंहले शिक्षा क्षेत्र सुधारसँगै भाषा, कला तथा सांस्कृतिक संरक्षणका कार्यक्रमलाई समेत प्रभावकारी रूपमा अघि बढाउने योजना रहेको सुनाए । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सिंहलाई शिक्षा तथा संस्कृति मन्त्री पदमा नियुक्त गरेका हुन् । सिंह सिरहा क्षेत्र नं. ३ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।उनले मंगलबार नै मन्त्री पदको शपथ ग्रहण गर्दै मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज तीन संसदीय समितिको बैठक बस्दै
आज तीन संसदीय समितिको बैठक बस्दै
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बाढी-पहिरोले काभ्रेमा मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता
बाढी-पहिरोले काभ्रेमा मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता
आवासीय चिकित्सकले आज आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने
आवासीय चिकित्सकले आज आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
लेबनानमा इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु
लेबनानमा इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा
डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना हुने
डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना हुने
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
धनुषाको मुखियापट्टीमा ११ वटा बिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द
धनुषाको मुखियापट्टीमा ११ वटा बिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द