बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
१४१ पटक हेरिएको
Shares
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

सारांश

  • बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ ।
  • प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
  • प्रदेशसभा सचिवालयका अनुसार आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

 

१२ जेठ, हेटौंडा ।

बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम प्रस्तुत गरिने विशेष बैठकका लागि प्रदेशसभा सदस्यहरूलाई बैठक प्रारम्भ हुनुभन्दा १५ मिनेटअघि नै औपचारिक पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ ।

यसअघि मंगलबार अपराह्न बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्बाट पारित भएपछि उक्त नीति तथा कार्यक्रम प्रदेश प्रमुखमार्फत प्रदेशसभामा प्रस्तुत गर्न लागिएको हो । प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना तथा सुशासनलाई प्राथमिकतामा राखिएको अपेक्षा गरिएको छ । नीति तथा कार्यक्रम सार्वजनिक भएपछि त्यसमाथि प्रदेशसभामा छलफल हुने र त्यसका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढ्नेछ । बागमती प्रदेश सरकारको आगामी वर्षको विकास रणनीति, प्राथमिकता तथा कार्यक्रमहरूको मार्ग निर्देशक दस्ताबेजका रूपमा रहने नीति तथा कार्यक्रमप्रति प्रदेशसभा सदस्य, राजनीतिक दल तथा सरोकारवाला निकायको विशेष चासो रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?