सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
३२४ पटक हेरिएको
Shares
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

सारांश

  • काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन् ।
  • यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन् ।
  • आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ ।

 

१२ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन् । यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन् । आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोबाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ ।

उनीहरूले भोलि दिउँसो १२ जनासम्म विवरण सच्याएर पुनः पेस गर्नु पर्नेछ । प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीहरूलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ । अभिभावक र विद्यार्थीहरूले कक्षबाट सहायता प्राप्त गर्न सक्ने छन् । अहिलेसम्म ८४ जनाको आवेदन अस्वीकृत भएको छ । सबै ठाउँमा एउटै डकुमेन्ट राखिएका, अनावश्यक कागजपत्र राखिएका आवेदकको फाराम अस्वीकृत गरिएको हो । खड्काका अनुसार विद्यार्थीहरूको परीक्षा दिन पाउने अवसरलाई संवेदनशील भएर हेरिएको छ । तोकिएको समयभित्र अनिवार्य अपलोड गर्नु पर्ने विवरण वा कागज अपलोड नगरेमा, विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वतः रद्द हुनेछ । जेठ १३ गतेसम्म फाराम स्वीकृत गर्ने प्रक्रिया चल्नेछ ।

आवेदन फाराम स्वीकृत भएका आवेदकले जेठ १४ गते बिहान १० बजेपछि फाराम भरेकै साइटमा गएर प्रवेश पत्र डाउनलोड गर्न र कलर प्रिन्ट गर्न सक्नुहुनेछ । परीक्षा केन्द्र र परीक्षा सम्बन्धी जानकारी प्रवेश पत्रबाट प्राप्त गर्न सकिनेछ । आवेदकमध्ये सबैभन्दा धेरैले विज्ञान विषयका लागि फाराम भर्नुभएको छ । यसरी फाराम भर्नेको संख्या १८ हजार ९९६ जना रहेको छ । व्यवस्थापनमा ७ हजार २७१ जना, कानुनमा ४०७ जना, शिक्षामा १३५ जना र मानविकी ७९ जना छन् । कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडा स्तरीय समितिले सिफारिस गर्छ । कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा सिफारिस गर्छ ।
परीक्षापछि योग्यता क्रमको सूची प्रकाशन हुन्छ । यसपछि म्याचिङ् लिष्टबाट नाम सिफारिस हुन्छ । नाम सिफारिस गरिएका विद्यार्थीहरूले कक्षा ११÷१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना
कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना
झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार
झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
कामपाद्वारा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीको तयारी
कामपाद्वारा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीको तयारी
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ
सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते