सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
३०० पटक हेरिएको
Shares
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन

सारांश

  • वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् ।
  • वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको आयोजनामा सडकमा उत्रिएका स्थानीयले थाल बजाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
  • सडक पीडित संघर्ष समितिको अगुवाइमा निस्किएको विरोध र्‍यालीले मेनरोडको विभिन्न भाग परिक्रमा गरी घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो ।

 

११ जेठ, वीरगन्ज ।

वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् । वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको आयोजनामा सडकमा उत्रिएका स्थानीयले थाल बजाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् । सडक पीडित संघर्ष समितिको अगुवाइमा निस्किएको विरोध र्‍यालीले मेनरोडको विभिन्न भाग परिक्रमा गरी घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा स्थानीय व्यापारी, सर्वसाधारण, महिला तथा बालबालिकाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारका अनुसार यसअघि नै मन्त्रिपरिषद्को निर्णयबाट त्रिभुवन राजपथलाई मेनरोडको रेखांकनबाट हटाइसकिएको छ । नेपाल सरकारको आधिकारिक वेबसाइट तथा सरकारले प्रकाशन गर्ने ‘रोड डायरी’ मा समेत यससम्बन्धी आवश्यक संशोधन भइसकेको दाबी गर्दै अध्यक्ष रौनियारले अब मेन रोडलाई औपचारिक रूपमा सहरी मार्ग घोषणा गर्न ढिलाइ गर्न नहुने जोड दिए । प्रदर्शनमा सहभागी स्थानीय तथा व्यवसायीहरूले मेन रोडलाई सहरी मार्ग कायम गरिएमा यस क्षेत्रको यातायात व्यवस्थापन सहज हुने, व्यापारिक गतिविधि बढ्ने र सहरी सौन्दर्यीकरणमा समेत सकारात्मक प्रभाव पर्ने बताएका छन् । लामो समयदेखि अन्योलमा रहेको यो मुद्दालाई सरकारले शीघ्र सम्बोधन नगरे आगामी दिनमा थप सशक्त आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुने चेतावनी समेत संघर्ष समितिले दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामान्य अंक बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार
सामान्य अंक बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार
माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक
माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक
५ लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ
५ लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ
आजको मौसम पूर्वानुमान यस्तो छ
आजको मौसम पूर्वानुमान यस्तो छ
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
भ्रष्टाचार आरोपमा मुछिएपछि रुसी मन्त्रीले गरे आत्मह*त्या
भ्रष्टाचार आरोपमा मुछिएपछि रुसी मन्त्रीले गरे आत्मह*त्या
सर्लाही–४ मा‌ नेकपा बाट अभनिश‌ यादव एकल उम्मेदवार सिफारिस
सर्लाही–४ मा‌ नेकपा बाट अभनिश‌ यादव एकल उम्मेदवार सिफारिस