दाइजोविरुद्ध अन्तिम साससम्म लड्छु : उपसभामुख ठाकुर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १०, २०८३
|
|
३४३ पटक हेरिएको
Shares
दाइजोविरुद्ध अन्तिम साससम्म लड्छु : उपसभामुख ठाकुर

सारांश

  • उपसभामुख रुबिकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध अन्तिम साससम्म संघर्ष जारी राख्ने बताएकी छन् ।
  • सर्लाहीको चन्द्रनगर गाउँपालिका -२ गौचरण बजारमा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी बृहत् सभालाई सम्बोधन गर्दै उनले छोरा–छोरीबीच समान व्यवहार भए मात्रै समाजबाट दाइजो प्रथा अन्त्य गर्न सकिने बताइन् ।
  • ‘बाल विवाह जिन्दगी तबाह, दाइजो हटाऔं, छोरी बचाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै ठाकुरले दाइजोका कारण विशेषगरी मधेश क्षेत्रमा छोरीमाथि हिंसा बढिरहेको उल्लेख गरिन् ।

१० जेठ, सर्लाही । उपसभामुख रुबिकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध अन्तिम साससम्म संघर्ष जारी राख्ने बताएकी छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिका -२ गौचरण बजारमा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी बृहत् सभालाई सम्बोधन गर्दै उनले छोरा–छोरीबीच समान व्यवहार भए मात्रै समाजबाट दाइजो प्रथा अन्त्य गर्न सकिने बताइन् ।

‘बाल विवाह जिन्दगी तबाह, दाइजो हटाऔं, छोरी बचाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै ठाकुरले दाइजोका कारण विशेषगरी मधेश क्षेत्रमा छोरीमाथि हिंसा बढिरहेको उल्लेख गरिन् । दाइजोको दबाबकै कारण धेरै छोरी र बुहारीले ज्यान गुमाउनुपरेको तथा गर्भमै छोरी हत्या हुने अवस्था समेत देखिएको उनको भनाइ थियो ।

मधेशमा दाइजो प्रथा गहिरो रूपमा फैलिएको र यसको असर अहिले देशका अन्य क्षेत्रमा पनि देखिन थालेको उल्लेख गर्दै उनले व्यवहारमा परिवर्तन नआएसम्म यस्ता सामाजिक विकृति अन्त्य हुन नसक्ने बताइन् । छोरीलाई पनि छोरा सरह शिक्षा र अवसर दिनुपर्नेमा जोड दिँदै अभिभावकले बुहारीलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने धारणा राखिन् ।

कतिपय अभिभावकले अझै पनि छोरीलाई बोझका रूपमा हेर्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै ठाकुरले छोरी अभिशाप नभई वरदान भएको स्वीकार गर्न समाज तयार हुनुपर्ने बताइन् ।
कार्यक्रममा सर्लाही क्षेत्र नं. – १ बाट निर्वाचित सांसद नितिमा भण्डारी कार्की ले दाइजो प्रथा अन्त्यका लागि महिलासँगै युवापुस्ताको सक्रिय भूमिका आवश्यक रहेको बताइन् । कानुनी व्यवस्था र चेतना विस्तार भए पनि व्यवहारमा परिवर्तन आउन नसक्दा धेरै छोरीको जीवन कष्टकर बनेको उनको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार महतो ले २० वर्ष पूरा भएपछि मात्रै छोरीको विवाह गर्ने अभिभावकलाई गाउँपालिकाले सम्मान गर्दै आएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाले पछिल्ला चार वर्षदेखि कक्षा १२ उत्तीर्ण गरी २० वर्षपछि विवाह गर्ने छोरीलाई ५० हजार रुपैयाँ प्रोत्साहनस्वरूप उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, कक्षा १२ पछि स्नातक अध्ययन गर्ने छोरीलाई ११ हजार रुपैयाँ सहयोग दिने व्यवस्था गरिएको उनले बताए । हालसम्म १५७ जना छोरीलाई ५० हजार रुपैयाँ तथा १९७ जनालाई ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराइसकिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा ३५४ जना छोरी तथा उनीहरूका परिवारलाई उपसभामुख ठाकुरको हातबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांगठनिक हितलाई केन्द्रमा राखेर काम गर्न आईजीपी थापाको निर्देशन
सांगठनिक हितलाई केन्द्रमा राखेर काम गर्न आईजीपी थापाको निर्देशन
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
ट्रम्पले भारतसहित ९२ देशमाथि लगाए भन्सार शुल्क, सूचीमा छैन चीन
ट्रम्पले भारतसहित ९२ देशमाथि लगाए भन्सार शुल्क, सूचीमा छैन चीन
अख्तियारबाटै प्रश्न उठेपछि गृहमन्त्रीले सच्याए डीआईजी सरुवाको निर्णय
अख्तियारबाटै प्रश्न उठेपछि गृहमन्त्रीले सच्याए डीआईजी सरुवाको निर्णय
सिरहामा कार, हाइस, मोटरसाइकल  र विङर एकआपसमा ठोकिँदा १० जना घाइते
सिरहामा कार, हाइस, मोटरसाइकल  र विङर एकआपसमा ठोकिँदा १० जना घाइते
राष्ट्रपति पौडेलले गरे कृष्णमन्दिरमा पूजाआराधना
राष्ट्रपति पौडेलले गरे कृष्णमन्दिरमा पूजाआराधना
काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ
काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ
नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण
नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण
यस्ता छन् शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्‍ले गरेका निर्णयहरू
यस्ता छन् शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्‍ले गरेका निर्णयहरू