प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ६, २०८३
|
|
२९७ पटक हेरिएको
Shares
प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री

सारांश

  • सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.
  • विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
  • बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको अधिकार भएकाले कसैले पनि त्यसलाई कुण्ठित गर्न नसक्ने बताए ।

६ जेठ, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको अधिकार भएकाले कसैले पनि त्यसलाई कुण्ठित गर्न नसक्ने बताए । उनले भने, ‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ । यो कोही सरकारको एउटा व्यक्तिले होइन की संविधानले दिएको अधिकार    हो । यो अधिकार सुरक्षित छ, आज, भोलि र पर्सी कसैले पनि यो अधिकार कुष्ठित गर्न सक्दैन, हनन गर्न सक्दैन । तर प्रेस स्वतन्त्रता भनेको स्वछन्दता भने होइन । प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता पनि आउँछ ।

राज्यले व्यवस्थाले एउटा महत्वपूर्ण अंगको रुपमा स्विकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई, आफ्नो गरिमालाई कायम गर्ने गरि कार्य गर्दाखेरि सरकारले चाहेर पनि प्रेस स्वतन्त्रताको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौं ।’ उनले प्रेस स्वतन्त्रता स्वच्छन्दता नभएको उल्लेख गर्दै प्रेससँग जवाफदेहिता र मर्यादा पनि जोडिएको धारणा राखे । पत्रकारिता क्षेत्रले आफ्नो गरिमा र सीमालाई कायम राख्दै काम गरे सरकारले चाहेर पनि प्रेस स्वतन्त्रताविरुद्ध कुनै कदम चाल्न नसक्ने उनको भनाइ थियो । मन्त्री तिमिल्सिनाले पत्रकारिता जगतलाई आफ्नो मर्यादा र जिम्मेवारीलाई ध्यानमा राखेर ढुक्कसँग काम गर्न आग्रह गरे ।

उनले भने, हामीले प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ, प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन । त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता जगतलाई आग्रह गर्दछु ।’ त्यसैगरी, उनले प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट पार्दै प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रम तथा बजेटका प्राथमिकतासम्बन्धी सांसदहरूले दिएका सुझाव र उठाएका प्रश्नलाई गम्भीरतापूर्वक मनन् गरिने विश्वाससमेत व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह
होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह
मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु
नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु
वैदेशिक रोजगारका लागि एक वर्षमै ८ लाख ३९ हजार नेपालीले लिए श्रम स्वीकृति
वैदेशिक रोजगारका लागि एक वर्षमै ८ लाख ३९ हजार नेपालीले लिए श्रम स्वीकृति
संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा
संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा
करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा
करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा
गगन थापाले लगाए प्रयागराज महाकुम्भमा डुबकी
गगन थापाले लगाए प्रयागराज महाकुम्भमा डुबकी
भारतलाई विश्वकप जिताएसँगै कप्तान रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रियबाट संन्यास