अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने
सारांश
- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
- सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डा.
- कृष्ण हरि बुढाथोकीले जानकारी दिए ।
५ जेठ, काठमाडौँ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डा. कृष्ण हरि बुढाथोकीले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले आगामी बजेट तर्जुमा सन्दर्भमा धारणा राखेका थिए । सदस्यहरूले उठाएका विषयमा विज्ञहरूसँग छलफल गरी सरकारलाई आवश्यक सुझाव तथा निर्देशन दिइने सभापति बुढाथोकीले बताए । त्यस्तै समिति अन्तर्गतका उपसमितिहरूलाई पनि बजेट तर्जुमाका सन्दर्भमा आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित रहेर थप सुझाव पेस गर्न निर्देशन दिइएको उनले बताए ।


प्रतिक्रिया