नेपाललाई अमेरिकाले दियो १९६ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २, २०८३
|
|
४६२ पटक हेरिएको
Shares
नेपाललाई अमेरिकाले दियो १९६ रनको लक्ष्य

सारांश

  • दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणत्मक सिरिजमा घरेलु टोलीसामु अमेरिकाले १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
  •   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिका ४३.
  • ३ ओभरमा १ सय ९५ रन बनाउँदा अलआउट भयो।

 

१ जेठ, काठमाडौं ।

दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणत्मक सिरिजमा घरेलु टोलीसामु अमेरिकाले १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १ सय ९५ रन बनाउँदा अलआउट भयो। ओपनर स्मित पटेलले सर्वाधिक ८३ रनको योगदान दिए। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। त्यसअघि पाचौँ ओभरमा १४ रन बनाउँदा स्मितको क्याच ड्रप हुँदा जिवनदान पाएका थिए।

दोस्रो विकेटका लागि स्मित र सेहनान जयसर्याले १ सय रनको साझेदारी गरे। सेहनान अर्धशतक पूरा गर्दै पेभेलियन फर्के। ५२ बलमा ५ चौका र १ छक्का प्रहार गरेका सेहनान दीपेन्द्रसिंह ऐरिको बलमा गुल्सन झा को हातबाट क्याच आउट भए।  मिलिन्द कुमार २८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे। मिलिन्द कुमारले ४१ बलमा २ चौका र २ छक्का हाने। हरमित सिंह १४ रन बनाउँदा दीपेन्द्रको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए।  कप्तान साइतेजा मुक्कामल्ला ४ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्डआउट भए। सयान जहानगिर ६ रनमा सोमपाल कामीको बलमा बोल्ड आउट भए।

सञ्जय कृष्णमुर्ति १ रन बनाउँदा गुल्सन झाको बलमा ललित राजवंशीको हातबाट क्याच आउट हुन पुगे। शुभम रन्जाने २ रनमा रनआउट भए। मोहम्मद मोहसिन शुन्य रनमा नै रनआउट भए। नोस्तुस केन्जीके १ रन बनाउँदा दीपेन्द्रको बलमा एलबीडब्लु आउट भए।  नेपालका लागि दीपेन्द्रसिंह ऐरिले चार लिए। किफायती बलिङ गरेका उनले ७.३ ओभरमा मात्र २४ रन खर्चे।  सोमपाल कामीले २ विकेट झारे। उनले ७ ओभरमा १ मेडन राख्दै ३५ रन खर्चे। सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए।  घरेलु टोली नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी-पहिरोले काभ्रेमा मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता
बाढी-पहिरोले काभ्रेमा मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता
देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
सभामुख घिमिरे आज कम्बोडिया जाँदै
सभामुख घिमिरे आज कम्बोडिया जाँदै
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
शेयर बजारमा दिनदिनै रेकर्ड- इतिहासकै सर्वाधिक कारोबार
सुनसरीको विवादपछी सर्लाहीमा डिजे प्रयोगमा प्रतिबन्ध
सुनसरीको विवादपछी सर्लाहीमा डिजे प्रयोगमा प्रतिबन्ध
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
अयोध्याको राम मन्दिर दर्शन गर्न पुगे नेपाली सांसद
अयोध्याको राम मन्दिर दर्शन गर्न पुगे नेपाली सांसद
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री