काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २३, २०८०
|
|
३१ पटक हेरिएको
Shares
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने

सारांश

  • काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने भएका छन् ।
  • महानगरपालिका अन्तर्गतको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ ।
  • शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने शिक्षा विभागकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

२३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने भएका छन् ।

महानगरपालिका अन्तर्गतको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ । शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने शिक्षा विभागकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले जारी गरेको परिपत्रमा उल्लेख छ । उक्त परिपत्र अनुसार अब सामुदायिक विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन् । अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्नेछ । यसवाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी गर्दैन ।

संस्थागत विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनु पर्नेछ । विद्यालयहरुले यसविपरीतका कार्य (स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा, पोसाक, स्टेशनरीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकहरुलाई बाध्य गराएमा) शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो
स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो
सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद
सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद
टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश
टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो सेनाको टोली
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो सेनाको टोली
पहिलो संविधानसभाका ४ सभासदले भेटे प्रधानमन्त्री
पहिलो संविधानसभाका ४ सभासदले भेटे प्रधानमन्त्री
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
शान्तिचोकमा कन्टेनर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
शान्तिचोकमा कन्टेनर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
बारामा बाघको आक्रमणबाट एक महिनामा चार जनाको मृ*त्यु
बारामा बाघको आक्रमणबाट एक महिनामा चार जनाको मृ*त्यु
क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
धनकुटा र भोजपुरको गाँजा खेती नष्ट
धनकुटा र भोजपुरको गाँजा खेती नष्ट