कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३०, २०८३
|
|
१०० पटक हेरिएको
Shares
कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी

सारांश

  • सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो ।
  • सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ।

३० वैशाख, काठमाडौं ।

सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो ।

सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको सम्झाउँदै मन्त्रालयले कर्मचारीहरू राजनीतिक दल, भ्रातृ सङ्गठनमा आबद्ध हुन नपाइने जनाएको छ ।

सूचनामा राजनीतिक गतिविधिमा संलग्न हुने, सङ्गठनको सदस्यता लिने वा निर्वाचनमा उम्मेदवार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ । निजामती कर्मचारी कुनै राजनीतिक दल, राजनीतिक दलको भातृ सङ्गठन, राजनीतिक दलको जन वर्गीय सङ्गठन वा राजनीतिक दलसँग आबद्ध भई सङ्गठनको सदस्यता लिएको वा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा कानुन बमोजिम कारबाही हुने समेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु
उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो
कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण
संसद्‌मा उठ्यो रंगशालामा दर्शक पिटिएको घटना
संसद्‌मा उठ्यो रंगशालामा दर्शक पिटिएको घटना
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
पूर्वाधार एवं वातावरणविज्ञ सुनिल लम्साललाई भौतिक मन्त्रालयको जिम्मा
पूर्वाधार एवं वातावरणविज्ञ सुनिल लम्साललाई भौतिक मन्त्रालयको जिम्मा
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए
झोलुङ्गे पुलबाट हाम्फालेका युवाको मृत्यु
झोलुङ्गे पुलबाट हाम्फालेका युवाको मृत्यु