प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३०, २०८३
|
|
१०९ पटक हेरिएको
Shares
प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन

सारांश

  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सेवाप्रवाहलाई प्रभावकारी र संवेदनशील बनाउन नेपाल प्रहरीका महानिरीक्षक (आइजी) दानबहादुर कार्कीले प्रहरीलाई विशेष निर्देशन दिएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै आइजी कार्कीले सेवाग्राहीप्रति जिम्मेवार र सहानुभूतिपूर्ण व्यवहार गर्न प्रहरीलाई आग्रह गरे ।
  • उनले समाजका कमजोर वर्गका नागरिकले आफ्ना समस्या लिखित रूपमा प्रस्तुत गर्न नसक्ने अवस्था रहने भएकाले उनीहरूले मौखिक रूपमा राखेका समस्यालाई आधार मानी प्रहरी आफैंले निवेदन तयार गरी समाधान प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

 

वीरगन्ज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सेवाप्रवाहलाई प्रभावकारी र संवेदनशील बनाउन नेपाल प्रहरीका महानिरीक्षक (आइजी) दानबहादुर कार्कीले प्रहरीलाई विशेष निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै आइजी कार्कीले सेवाग्राहीप्रति जिम्मेवार र सहानुभूतिपूर्ण व्यवहार गर्न प्रहरीलाई आग्रह गरे ।

उनले समाजका कमजोर वर्गका नागरिकले आफ्ना समस्या लिखित रूपमा प्रस्तुत गर्न नसक्ने अवस्था रहने भएकाले उनीहरूले मौखिक रूपमा राखेका समस्यालाई आधार मानी प्रहरी आफैंले निवेदन तयार गरी समाधान प्रक्रिया अघि बढाउन निर्देशन दिए । युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस) को आर्थिक सहयोगमा निर्माण भएको उक्त सेवा केन्द्रले यस क्षेत्रका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सेवा प्रवाहमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास आइजी कार्कीले व्यक्त गरे ।

उनले प्रहरी कार्यालयमा मुद्दासँग सम्बन्ध नरहेका व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउँदै पञ्चायत वा मेलमिलापबाट समाधान भएका विषयलाई विचौलियाले पुनः बल्झाउने गरेको बताए । यस्ता गतिविधि रोक्न प्रहरी प्रशासन सतर्क हुनुपर्ने उनको भनाइ थियो ।

सभालाई सम्बोधन गर्दै आइजी कार्कीले पछिल्लो समय अपराधमा विज्ञान तथा प्रविधिको प्रयोग बढ्दै गएको उल्लेख गरे । उनले अपराध नियन्त्रणका लागि प्रहरी संगठनलाई पनि प्रविधिमैत्री बनाउनु आवश्यक रहेको धारणा राखे ।

‘प्रविधिको प्रयोग गरेर गरिने अपराध नियन्त्रण गर्न त्यसभन्दा उन्नत प्रविधिको आवश्यकता पर्छ,’ उनले भने, ‘समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीलाई प्रविधिसँग जोड्नैपर्छ ।’

वीरगन्ज देशको आर्थिक राजधानी तथा मुख्य प्रवेशद्वार भएकाले यहाँको सुरक्षा, सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको आइजी कार्कीले बताए ।

उनले देशलाई सबैभन्दा बढी राजस्व र रोजगारी दिने क्षेत्रको रूपमा रहेको वीरगन्जमा शान्ति सुरक्षामा खलल पुगे त्यसको असर समग्र देशमै पर्ने उल्लेख गरे । प्रहरी शान्ति सुरक्षा कायम गर्न गम्भीर भए पनि आमनागरिकको साथ र सहयोग अपरिहार्य रहेको उनले बताए ।

युएनओपिएसको करिब २ करोड ४३ लाख रुपैयाँको लागतमा जिल्ला प्रहरी कार्यालय पर्सा परिसरभित्र १ हजार ४ सय वर्गफिट क्षेत्रमा निर्माण गरिएको अत्याधुनिक सेवा केन्द्र घरेलु हिंसा तथा सामाजिक अपराध नियन्त्रणदेखि ज्येष्ठ नागरिकका समस्या समाधानसम्म उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री
राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास
शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास
नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री
नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री
काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरेली प्रधानमन्त्रीको चेतावनी
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरेली प्रधानमन्त्रीको चेतावनी
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै
निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन