४ अंक घटेको सेयर बजारमा २ अर्ब ८० करोडको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३०, २०८३
|
|
६३ पटक हेरिएको
Shares
४ अंक घटेको सेयर बजारमा २ अर्ब ८० करोडको कारोबार

सारांश

  • बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.
  • १५ अंक घटेको छ ।
  • यो कमीपछि नेप्से २७४० अंकमा अडिएको छ ।

 

३० वैशाख, काठमाडौं ।

बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.१५ अंक घटेको छ । यो कमीपछि नेप्से २७४० अंकमा अडिएको छ । बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब ४० प्रतिशत घटेको छ । अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ८० करोडको भयो । यो कारोबार रकम गत फागुन २५ यताकै न्यून हो । सो दिन सर्किट ब्रेक लागेर स्थगित हुँदा पूरा कारोबार हुन सकेको थिएन ।

आज ८२ कम्पनीको मूल्य बढेको छ भने १७६ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य भने स्थिर रह्यो । व्यापार र उत्पादनबाहेक सबै समूहगत सूचक घटेका छन् । व्यापार १.५० तथा उत्पादन ०.४७ प्रतिशत बढे । बैंकिङ ०.२४, विकास बैंक ०.१९, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.४२, हाइड्रोपावर ०.१२, लगानी ०.२२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६१, अन्य ०.३० प्रतिशत घटे । एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.४२ प्रतिशत बढ्यो । दोस्रोमा रहेको एसवाई प्यानलको ४.६२ प्रतिशत बढ्यो । धौलागिरि लघुवित्तको मूल्य ११.१७ प्रतिशत घट्यो । झापा इनर्जीको ९.४३, रिजलाइन इनर्जीको ४.८७ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, रिडी पावर, साहस ऊर्जा, सोलु हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स् छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?