नौ महिनामा गाडी दुर्घटनामा १७४ जनाको मृ*त्यु, आधाभन्दा बढी युवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २७, २०८३
|
|
२२६ पटक हेरिएको
Shares
नौ महिनामा गाडी दुर्घटनामा १७४ जनाको मृ*त्यु, आधाभन्दा बढी युवा

सारांश

  • गाडी दुर्घटनामा परेर पछिल्लो नौ महिनामा १७४ जनाको मृत्यु भएको छ भने आधाभन्दा बढी युवा रहेका छन्।
  •  आइतबार ट्राफिक प्रहरीले पछिल्लो नौ महिनामा भएका दुर्घटनाबारे जानकारी दिएको छ।
  • चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म चार हजार ६३१ दुर्घटना भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले बताए।

२७ वैशाख, काठमाडौं ।

गाडी दुर्घटनामा परेर पछिल्लो नौ महिनामा १७४ जनाको मृत्यु भएको छ भने आधाभन्दा बढी युवा रहेका छन्। आइतबार ट्राफिक प्रहरीले पछिल्लो नौ महिनामा भएका दुर्घटनाबारे जानकारी दिएको छ। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म चार हजार ६३१ दुर्घटना भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले बताए।

दुर्घटनामा १७४ जनाको मृत्यु भएको छ भने ९३ जना युवा छन्। त्यसमा पनि १७ वर्षमूनिका सात जना छन् भने १६ देखि ३५ वर्षसम्मका ८६ जना छन्। त्यस्तै, ३६ वर्षभन्दा माथिका ८१ जनाको ज्यान गएको एसपी सुवेदीले जानकारी दिए। दुर्घटनामा मृत्यु हुनेमध्ये १३८ पुरुष र ३३ महिला छन्। त्यस्तै, एक बालक र दुई बालिकाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांक छ। यसैगरी, दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका चार हजार ९२७ जना सामान्य घाइते रहेको ट्राफिक प्रहरीले जनाएको छ। विशेष गरेर तीव्र गति, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ। यससँगै गाडी चलाउँदा मोबाइल फोनको प्रयोग लगायत पनि दुर्घटनाका कारण बनेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र ‘चिरञ्जीवी भवः’ मा आशीर्वाद क्षेत्री अनुबन्धित
चलचित्र ‘चिरञ्जीवी भवः’ मा आशीर्वाद क्षेत्री अनुबन्धित
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसन समुद्घाटन
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसन समुद्घाटन
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा
लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा
‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित: न्यायका लागि अदालत धाउँदै पीडित
‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित: न्यायका लागि अदालत धाउँदै पीडित
प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो
सर्लाही कांग्रेसका कार्यवाहक सभापति र एक क्षेत्रीय सभापतिले दिए राजीनामा
सर्लाही कांग्रेसका कार्यवाहक सभापति र एक क्षेत्रीय सभापतिले दिए राजीनामा