सीमाक्षेत्रमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २५, २०८३
|
|
५४८ पटक हेरिएको
Shares
सीमाक्षेत्रमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरिने

सारांश

  • अमलेश शर्मा  मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निर्देशनमा सर्लाहीमा ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान–२०८३’ अन्तर्गत दोस्रो चरणको अभियान सुरु गरिएको छ।
  • सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध प्रयोग तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
  • सदरमुकाम मलंगवास्थित प्रहरी चौकी गोरखकालीमा शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होमबहादुर घिमिरेले लागुऔषध नियन्त्रणका लागि समुदाय, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए।

 २५ वैशाख, सर्लाही । अमलेश शर्मा 

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निर्देशनमा सर्लाहीमा ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान–२०८३’ अन्तर्गत दोस्रो चरणको अभियान सुरु गरिएको छ। सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध प्रयोग तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

सदरमुकाम मलंगवास्थित प्रहरी चौकी गोरखकालीमा शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होमबहादुर घिमिरेले लागुऔषध नियन्त्रणका लागि समुदाय, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए। उनले युवापुस्तालाई लागुऔषध दुव्र्यसनबाट जोगाउन सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईले सीमावर्ती क्षेत्रमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरी ड्रग टेस्ट किटमार्फत परीक्षण गरिने जानकारी दिए। उनका अनुसार भारतसँग खुला सीमाना जोडिएका नाकाहरूमा निगरानी बढाइनेछ।

“सीमाबाट नियमित आवतजावत गर्ने युवायुवतीको तथ्यांक संकलन गरी निगरानी गरिनेछ,” उनले भने, “लागुऔषध सेवनकर्ताको पहिचान गरी सुधार तथा परामर्श कार्यक्रममा समेत जोडिने योजना छ।” प्रहरीका अनुसार अभियानअन्तर्गत विद्यालय, क्याम्पस तथा स्थानीय तहमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुका साथै समुदाय–प्रहरी साझेदारीलाई पनि प्रभावकारी बनाइनेछ। उद्घाटन कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तहका जनप्रतिनिधि, संघसंस्था, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण, सर्लाहीले लागुऔषधविरुद्ध जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
ट्रमा सेन्टरमा ५ जना प्रदर्शनकारीको मृ*त्यु, मृ*तकको संख्या ८ पुग्यो
ट्रमा सेन्टरमा ५ जना प्रदर्शनकारीको मृ*त्यु, मृ*तकको संख्या ८ पुग्यो
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
आज कति पुग्यो सुन चाँदीको मूल्य ?
आज कति पुग्यो सुन चाँदीको मूल्य ?
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता
कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्
सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी
सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी
चिकित्सा शिक्षा आयोगको छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि 
चिकित्सा शिक्षा आयोगको छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि 
लोकतन्त्र जनआवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो : प्रधानमन्त्री कार्की
लोकतन्त्र जनआवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो : प्रधानमन्त्री कार्की