इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २५, २०८३
|
|
१९७ पटक हेरिएको
Shares
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

सारांश

  • अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुन: बमबारी गरेको छ ।
  • उसले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)मा अमेरिकी जहाजहरूमाथि भएको ईरानी आक्रमणको जवाफस्वरूप यो कदम चालिएको जनाएको छ ।
  • उता ईरानले भने एक ईरानी तेल ट्यांकरमाथि पहिले आक्रमण भएकाले आफूले मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

 

२५ वैशाख, काठमाडौं ।

अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुन: बमबारी गरेको छ । उसले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)मा अमेरिकी जहाजहरूमाथि भएको ईरानी आक्रमणको जवाफस्वरूप यो कदम चालिएको जनाएको छ । उता ईरानले भने एक ईरानी तेल ट्यांकरमाथि पहिले आक्रमण भएकाले आफूले मिसाइल प्रहार गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ नै ईरानसँगको युद्ध चाँडै अन्त्य हुने बताएका थिए । तर अमेरिकाको इरानमाथि पुन: आक्रमण गरेको समाचार सार्वजनिक भएको हो ।

अमेरिकी सेन्ट्रल कमाण्डले भने अमेरिकी नौसेनाको टोली ओमानको खाडीतर्फ अघि बढिरहेका बेला इरानले आक्रमण गरेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गरेको जनाएको छ । सेन्ट्रल कमाण्डको वक्तव्यमा लेखिएअनुसार, अमेरिकी जहाजहरू उक्त क्षेत्रमा गुज्रिरहेका बेला ईरानी सैन्य बलले मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेका थिए । अमेरिकाले युद्धविराम तोडेको इरानको आरोप इरानको उच्च सैन्य नेतृत्वले अमेरिकामाथि ‘युद्धविराम उल्लंघन’ गरेको आरोप लगाएको छ ।

इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले जारी गरेको वक्तव्यमा अमेरिकाले होर्मुज जलडमरूमध्यतर्फ गइरहेको एक ईरानी तेल ट्यांकरमाथि आक्रमण गरेर युद्धविराम तोडेको आरोप लगाएको हो । इरानले आफ्ना सशस्त्र बलले तत्काल जवाफी कारबाही गरेको र तिनलाई ठूलो क्षति पुर्‍याएको जनाएको छ ।

इरानी नौसेनाले ‘शक्तिशाली विस्फोटक वारहेड’ प्रयोग गरेर जवाफ दिएको र आफ्ना गुप्तचर प्रतिवेदनअनुसार अमेरिकालाई ‘ठूलो क्षति’ पुगेको दाबी गरेको छ । साथै घुसपैठ गर्न खोज्ने जहाजहरू तीव्र गतिमा भागेको पनि उल्लेख गरेको छ ।

ट्रम्पले भने– इरानसँग वार्ता भइरहेको छ

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार साँझ पत्रकारहरूसँग कुरा गर्दै अमेरिका इरानी पक्षसँग वार्तामा रहेको बताएका छन् । उनले अमेरिका र इरानबीच गोलीबारी भए पनि युद्धविराम अझै कायम रहेको दाबी गरे ।

उनले कुनै पनि अवस्थामा इरानलाई परमाणु हतियार राख्न नदिइने दोहोर्‍याए । ट्रम्पका अनुसार इरान यसमा सहमत भइसकेको छ । उनले थपे, ‘अब हेर्न बाँकी छ, उनीहरू यसमा हस्ताक्षर गर्न तयार हुन्छन् कि हुँदैनन् ।’

ट्रम्पले चेतावनी दिँदै भने, ‘वार्ता निकै राम्रोसँग अघि बढिरहेको छ । तर यदि सम्झौतामा हस्ताक्षर भएन भने उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने छ । मलाई लाग्छ, यो सम्झौताको आवश्यकता उनीहरूलाई मभन्दा बढी छ ।’

शान्ति सम्झौता जोखिममा ?

पाकिस्तानमा दुई देशका उच्च अधिकारीबीच भएको वार्ताको प्रगतिअनुसार केही समयका लागि आक्रमण रोकिएको भनिए पनि अमेरिका र इरानबीचका ताजा आक्रमणले शान्ति सम्झौता जोखिममा पर्ने चिन्ता छ । अमेरिकाले भने आफू ‘तनाव बढाउन नचाहेको, तर पूर्णरूपमा तयार र तैनाथ रहेको’ जनाएको छ ।

स्ट्रेट अफ होर्मुज विश्वभर तेल र ग्यास ढुवानी हुने एक महत्वपूर्ण जलमार्ग हो । यसको एकातर्फ इरान छ भने अर्कोतर्फ ओमान र यूएई रहेका छन् । यहाँ तनाव बढ्दा विश्वभर पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भएको छ । र, मूल्य पनि आकासिएको छ ।

ट्रम्प प्रशासनले गत महिना होर्मुज क्षेत्रमा रहेका इरानी बन्दरगाहहरूको नाकाबन्दी सुरु गरेको थियो । इरानी बलले आफ्नो तटीय क्षेत्रमा आउने–जाने जहाज रोक्ने वा फर्काउने घोषणा गरेपछि अमेरिकाले यस्तो कदम चालेको थियो । अमेरिकाले इरानको तेल निर्यातबाट हुने आम्दानी सीमित गरेर उसमाथि दबाब सिर्जना गर्न खोजिएको जनाएको छ ।

अमेरिकाको दाबीअनुसार, फेब्रुअरी अन्त्यतिर युद्ध सुरु भएयता उसले दर्जनौं इरानी जहाज नियन्त्रणमा लिएको छ ।

अप्रिल ७ मा युद्धविरामको अपिल भएयता पनि यस्ता झडपहरू पटक–पटक भइरहेका छन् ।

सोमबार अमेरिकाको सेन्ट्रल कमाण्डले ‘प्रोजेक्ट फ्रीडम’ अन्तर्गत अमेरिकी डिस्ट्रोयरहरू होर्मुज जलडमरूमध्य पार गरेको जनाएको थियो । यस अभियानको उद्देश्य समुद्री व्यापारिक मार्ग खुला राख्नु रहेको बताइएको थियो ।

उसले इरानका ६ वटा साना डुंगा नष्ट गर्नुका साथै क्रुज मिसाइल र ड्रोन खसालेको दाबी पनि गरेको थियो । त्यसको भोलिपल्ट ट्रम्पले उनले ईरानसँगको वार्तामा उल्लेखनीय प्रगति भएको भन्दै ‘प्रोजेक्ट फ्रीडम’ नाम दिइएको सैन्य अभियान केही समयका लागि स्थगित गरिएको घोषणा गरेका थिए ।

demo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दानव नदीमा बेपत्ता दुई बालकको श*व भेटियो
दानव नदीमा बेपत्ता दुई बालकको श*व भेटियो
 आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री
 आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्: मन्त्री गुप्ता
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्: मन्त्री गुप्ता
मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना
sidebar