तीन दिनपछि सञ्चालनमा आएको बीपी राजमार्ग पुनः बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २४, २०८३
|
|
२८० पटक हेरिएको
Shares
तीन दिनपछि सञ्चालनमा आएको बीपी राजमार्ग पुनः बन्द

सारांश

  • अविरल वर्षापछि आएको बाढीका कारण क्षतिग्रस्त बनेको बीपी राजमार्ग केही घण्टा सञ्चालनमा आएपछि पुनः बन्द गरिएको हो।
  • रोशी खोलामा पानीको बहाव बढ्दै गएपछि सुरक्षाको दृष्टिले बिहीबार (आज) बिहान १० बजेदेखि राजमार्गमा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
  • यसअघि अस्थायी डाइभर्सन निर्माण गरेर बिहानैदेखि साना तथा ठूला सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालन भएको केही घण्टामा पुनः बन्द भएको छ। अविरल वर्षापछि आएको बाढीका कारण क्षतिग्रस्त बनेको बीपी राजमार्ग केही घण्टा सञ्चालनमा आएपछि पुनः बन्द गरिएको हो। रोशी खोलामा पानीको बहाव बढ्दै गएपछि सुरक्षाको दृष्टिले बिहीबार (आज) बिहान १० बजेदेखि राजमार्गमा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। यसअघि अस्थायी डाइभर्सन निर्माण गरेर बिहानैदेखि साना तथा ठूला सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

गत सोमबारदेखि परेको लगातार वर्षाले रोशी खोलामा बाढी आएपछि काभ्रे–सिन्धुली खण्डको विभिन्न स्थानमा सडक तथा डाइभर्सन बगाएको थियो। बाढीका कारण तीन दिनदेखि अवरुद्ध बनेको राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र सुरक्षा निकायले मर्मत तथा डाइभर्सन निर्माणको काम गरिरहेका छन्।  प्रहरीका अनुसार खोलामा पानीको सतह घटेपछि मात्रै पुनः सवारी सञ्चालन गर्नेबारे निर्णय गरिनेछ। जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।  पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने मुख्य सडकका रूपमा रहेको बीपी राजमार्ग वर्षायाम सुरु भएसँगै पटक–पटक प्रभावित हुँदै आएको छ। गत वर्षको बाढीले समेत यस राजमार्गको विभिन्न खण्डमा ठूलो क्षति पुर्‍याएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकका ६८ वटा शाखा र ६९ एटीएममा क्षति पुगेको छ : गभर्नर पौडेल
बैंकका ६८ वटा शाखा र ६९ एटीएममा क्षति पुगेको छ : गभर्नर पौडेल
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान
विपद्‍बाट तीन महिनामा ९३ जनाको मृ*त्यु, २२ बेपत्ता
विपद्‍बाट तीन महिनामा ९३ जनाको मृ*त्यु, २२ बेपत्ता
अनिललाई किन्न ८ टोलीको नै प्रतिस्पर्धा, जनकपुरमा भाग्यमानी
अनिललाई किन्न ८ टोलीको नै प्रतिस्पर्धा, जनकपुरमा भाग्यमानी
कार्यदलको बैठक आज पनि बस्दै
कार्यदलको बैठक आज पनि बस्दै
नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल
नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास
बालेनले प्रधानमन्त्रीलाई भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !
बालेनले प्रधानमन्त्रीलाई भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !
समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति पक्राउ
समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति पक्राउ