सुकुम्वासी बस्ती हटाएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २२, २०८३
|
|
३९२ पटक हेरिएको
Shares
सुकुम्वासी बस्ती हटाएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

सारांश

  • सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्रका सुकुम्वासी तथा अव्यवस्थित बस्तीहरूमा भइरहेको बलजफती हटाएकोमा सरकारसँग लिखित जवाफ माग गरेको छ ।
  • न्यायाधीश सुनील कुमार पोखरेलको इजलासले माजिद अन्सारीलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकारको नाममा आदेश जारी गरेको हो ।
  • सर्वोच्च अदालतले नेपाल सरकारको १०० बुँदे शासकीय सुधारको दस्तावेज र आवासको हक सम्बन्धी ऐन २०७५ को दफा ५ बमोजिमको अनिवार्य प्रक्रिया पुरा गरिएको छ कि छैन भनी सरकारसँग लिखित जवाफ माग गरेको छ ।

२२ वैशाख, काठमाडौं ।

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्रका सुकुम्वासी तथा अव्यवस्थित बस्तीहरूमा भइरहेको बलजफती हटाएकोमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश सुनील कुमार पोखरेलको इजलासले माजिद अन्सारीलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकारको नाममा आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले नेपाल सरकारको १०० बुँदे शासकीय सुधारको दस्तावेज र आवासको हक सम्बन्धी ऐन २०७५ को दफा ५ बमोजिमको अनिवार्य प्रक्रिया पुरा गरिएको छ कि छैन भनी सरकारसँग लिखित जवाफ माग गरेको छ । सर्वोच्चले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको सामूहिक बस्ती खाली गराउने र घर टहरा भत्काउने कार्य कुन कानुनी आधारमा गरिएको हो भनी प्रश्न गरेको छ । साथै सर्वोच्चले हटाइएका परिवारहरूको पुनर्वास, खानपिन, ज्येष्ठ नागरिक, बिरामी, अपाङ्गता भएका व्यक्तिहरूको औषधि उपचार र बालबालिकाको शिक्षाको वैकल्पिक व्यवस्थाका लागि के कस्तो प्रबन्ध गरिएको छ भनी लिखित जवाफ मागेको छ ।

बस्तीबाट हटाइएका नागरिकहरूको लगत संकलन र प्रमाणीकरणको पछिल्लो अवस्था र बस्ती भित्रका भत्काइएका विद्यालय, मठ–मन्दिर, गुम्बा र मस्जिदको विवरण र तिनको व्यवस्थापनका लागि भइरहेको काम बारे सरकारसँग लिखित जवाफ मागेको छ । बस्ती खाली गराउने कार्य तत्काल रोक्न माग गरिएको अन्तरिम आदेशका सम्बन्धमा अदालतले दुवै पक्षको भनाइ सुन्नु आवश्यक रहेको भन्दै आगामी वैशाख २३ गते छलफलका लागि बोलाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
वैशाख १८ गतेदेखि कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने
वैशाख १८ गतेदेखि कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने
राजावादी समूह आक्रामक हुँदै गएपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक
राजावादी समूह आक्रामक हुँदै गएपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक
निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री
निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
विराटनगर रथयात्रामा पत्रकार सोनुकुमार दास बने जीवनरक्षक
विराटनगर रथयात्रामा पत्रकार सोनुकुमार दास बने जीवनरक्षक
अढाई वर्षदेखि करोडौंका डायलासिस मेसिन प्रयोगविहीन
अढाई वर्षदेखि करोडौंका डायलासिस मेसिन प्रयोगविहीन
लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा
लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा
उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार
उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार
हावा भर्ने क्रममा गाडीको टायर पड्किँदा एक जनाको मृत्यु छ जना घाइ
हावा भर्ने क्रममा गाडीको टायर पड्किँदा एक जनाको मृत्यु छ जना घाइ