बुटवलका डीएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २१, २०८०
|
|
२२ पटक हेरिएको
Shares
बुटवलका डीएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर

सारांश

  • घुस रकमसहित नियन्त्रणमा लिइएका बुटवलका डीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।
  • मंगलबार विशेष अदालतले केसीलाई दोषी ठहर गर्दै बिगो बराबरकै जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
  • विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गर्दै ८ लाख ५० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

काठमाडौँ । घुस रकमसहित नियन्त्रणमा लिइएका बुटवलका डीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।

मंगलबार विशेष अदालतले केसीलाई दोषी ठहर गर्दै बिगो बराबरकै जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गर्दै ८ लाख ५० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो । केसी गत साउन महिनादेखि बर्खास्तीमा परेका थिए ।  इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा डीएसपी केसीले सुनचाँदी व्यवसायी किसन बिकसँग घुस लिएको आरोप केसीलाई लागेको थियो । गत वर्षको मङ्सिर महिनामा बुटवल स्थित टेलिकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका विकको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत बरामद गरेको थियो । अनुसन्धानका क्रममा उक्त सुन डीएसपी केसीले खाने उद्देश्यले रितपूर्वक बरामद नगरी बार्गेनिङ गरेको र ८ लाख ५० हजार नगद र चेकसमेत लिई सुन फिर्ता गर्ने तयारी भइरहेको खुलेको थियो । सो सम्बन्धमा उजुरी परेपछि सिआइबीको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै केसीको कैफियत देखिएपछि सिआइबीको टोलीलाई केसीलाई अख्तियारको जिम्मा लगाएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा बदनियत राखी सुन नियन्त्रणमा लिएको र सुन फिर्ता गर्न बार्गेनिङ गरेको पुष्टि भएपछि गत साउनमा विशेष अदालतमा घुस रिसवतको मुद्दा दायर गरेको थियो ।  सोही मुद्दामा मंगलबार विशेष अदालतले केसीलालाई दोषी ठहर गर्दै बिगो बराबरको ८ लाख ५० हजार रुपैयाँ जरिवाना गरी २ वर्ष जेल सजाय सुनाएको हो । घुस रिसवत मुद्दामा केसी दोषी ठहर भएसँगै उनी प्रहरी सेवाबाट समेत अलग भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्:  प्रधानमन्त्री कार्की
परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्: प्रधानमन्त्री कार्की
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
पोखरामा श्रीमतीको ह*त्या गरेर एक व्यक्तिले गरे आत्मह*त्या
पोखरामा श्रीमतीको ह*त्या गरेर एक व्यक्तिले गरे आत्मह*त्या
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
मेलम्चीको पानी आजदेखि पुनर्वितरण, प्रधानमन्त्रीले गरे उद्घाटन
मेलम्चीको पानी आजदेखि पुनर्वितरण, प्रधानमन्त्रीले गरे उद्घाटन
गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन : अध्यक्ष दाहाल
गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन : अध्यक्ष दाहाल
नगरवासीको सुविधाका लागि इटहरीमा सुरुभयो बिजुली बस सेवा
नगरवासीको सुविधाका लागि इटहरीमा सुरुभयो बिजुली बस सेवा
जनकपुरमा बनाइयो ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा
जनकपुरमा बनाइयो ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा
इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर बेलायत प्रस्थान
इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर बेलायत प्रस्थान