दर्शक नआएपछि क्यानले घटायो लिग-२ को टिकट मूल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २१, २०८३
|
|
१३७ पटक हेरिएको
Shares
दर्शक नआएपछि क्यानले घटायो लिग-२ को टिकट मूल्य

सारांश

  • अहिले घरेलु मैदानमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान र यूएई सम्मिलित त्रिकोणात्मक सिरिज चलिरहेको छ।
  • सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार यूएईविरुद्ध खेल्दै छ।
  • खेल बिहान साढे ९ बजे सुरु हुनेछ।

२१ वैशाख, काठमाडौं ।

अहिले घरेलु मैदानमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान र यूएई सम्मिलित त्रिकोणात्मक सिरिज चलिरहेको छ। सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार यूएईविरुद्ध खेल्दै छ। खेल बिहान साढे ९ बजे सुरु हुनेछ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट जडानपछि अहिले अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज भएको हो। घरेलु मैदानमा लिग-२ को सिरिज चलिरहँदा त्रिवि क्रिकेट मैदानमा अपेक्षाकृत दर्शक पुग्न सकेका छैनन्। त्रिवि मैदानमा जडान भएका प्यारापिट खाली देखिन्छन्।

दर्शकलाई मैदानसम्म तान्न नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य घटाएको छ। क्यानले अन्तिम दिनको खेलका लागि दुई सय रुपैयाँ टिकट दर तोकेको छ। यसअघि क्यानले यूएईसँगको दुई खेलको टी-२० सिरिजका लागि ७५० रुपैयाँ मूल्य तोकेको थियो।  लिग-२ का लागि भने चार सय रुपैयाँ तोकेको थियो। दर्शक नआएपछि क्यानले टिकट दर घटाएको हो।  टी-२० र लिग-२ का खेल हेर्न दर्शक नपुगेपछि राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी र बलर सोमपाल कामीले दर्शकलाई मैदानसम्म आएर खेल हेरिदिन आग्रह समेत गरेका थिए।  अहिलेसम्म सिरिजका तीन खेल खेल्दा नेपालले दुई खेलमा जित र एक खेलमा हार भोगेको छ। नेपालले पहिलो खेलमा यूएईमाथि डीएलएस मेथडमा ६ रनको जित निकालेको थियो। दोस्रो खेलमा यूएईलाई ३७ रनले हराएको थियो। ओमानसँगको पहिलो खेलमा भने डीएल मेथडमा नेपाल १०२ रनले पराजित भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
केपी ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने ,दिनेश त्रिपाठीको
केपी ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने ,दिनेश त्रिपाठीको
तराईको हुस्सु र कुहिरो हटेन : काठमाण्डौको तापक्रम हिजोभन्दा बढ्यो
तराईको हुस्सु र कुहिरो हटेन : काठमाण्डौको तापक्रम हिजोभन्दा बढ्यो
मधेशमा बलिदानी दिवस मनाइँदै ,आन्दोलनको १८ वर्ष पूरा,
मधेशमा बलिदानी दिवस मनाइँदै ,आन्दोलनको १८ वर्ष पूरा,
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो
नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो
भीरबाट खसेर एक प्रधानाध्यापकको घटनास्थलमै मृत्यु
भीरबाट खसेर एक प्रधानाध्यापकको घटनास्थलमै मृत्यु
नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो- प्रचण्ड
नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो- प्रचण्ड
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लेबनानमा पेजर र वाकीटकी विस्फोट, २० जनाको मृत्यु
लेबनानमा पेजर र वाकीटकी विस्फोट, २० जनाको मृत्यु